लालबन्दी २ जुटपानी र मलंगवामा जनचेतनामूलक सडक नाटक प्रस्तुत

474 Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्वास स्थित बी टोलमा क्षयरोगमुक्त लालबन्दी नगरपालिका अभियान अन्तर्गत क्षयरोग सम्वन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।लालबन्दी नगरपालिका २ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सहलेश देव मन्दिरको प्राङ्गणमा जनचेतनामूलक सडक नाटक देखाइएको लालबन्दी नगरपाकिलाको स्वास्थ्य शाखाका क्षयरोग संयोजक राकेशकुमार महतो जानकारी दिए ।
उनका अनुसार पाँचकुमार प्रा.वि पुनर्वास,नवजीवन विद्याश्रम मा.वि जुटपानी र नेत्रगन्ज प्रा.वि गैरीका शिक्षकहरु कलाकार बनेर देखाएको सडक नाटकको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,उप प्रमुख कल्पना माया पाख्रिन,प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने,नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानी,स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा,रोशन चौधरी र जनज्योती बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी लगायतले निरीक्षण गरेका थिए ।सडक नाटकमार्फत क्षयरोगसँगै बालबालिकालाई नियमित खोप लगाउन र नियमित गर्भ परीक्षण गराउनुका साथै धुम्रपान तथा मद्यपान नगर्न पनि सचेत गराइएको नगरपालिकाको स्वास्थ्य शाखाका खतिवडाले जानकारी दिए ।
त्यस्तै,अन्तर्राष्ट्रिय आप्रवासी दिवस डिसेम्बर १८ को अवसरमा सर्लाही सदरमुकाम मलंगवामा सडक नाटक देखाइएको छ।मलंगवामा नगरपालिका कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस डिसेम्बर १८ को अवसरमा  सचेतनामूलक सडक नाटक प्रदर्शन गरी दीप प्रज्वलन गरिएको हो।नगरपालिका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोेपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रवीन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोदराज खनाल लगायतको उपस्थितिमा सडक नाटक देखाइएको हो ।

sadak-natak.webp
सडक नाटकमा वैदेशिक रोजगारमा जानुपूूर्व प्रकृया पुर्याएर सिप सिकेर विदेश नजाँदा हुने समस्या,वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु हुँदा कामदारले पाउने क्षतिपूर्ति, सुरक्षित आप्रवासनको भूूमिका लगायतको सूचनाहरु नाटक मार्फत देखाइएको सुरक्षित आप्रवासन केन्द्र सर्लाहीका अध्यक्ष दिनेश रायले जानकारी दिए ।उनका अनुसार संयुक्त राष्टङ संघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिएको हो ।
नेपालमा “सुरक्षित आप्रवासनका आधार,सूचना र सीपसहितको रोजगार”भन्ने नाराका साथ सरकारी,गैर सरकारी,निजी क्षेत्र,ट्रेड युनियन,नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारहरुको सहभागितामा सप्ताहव्यापी कार्यक्रम हुने गरेका छन् ।सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र सीप महत्वपूर्ण हुने र उपयुक्त सिप र सही सूचना पाएर वैदेशिक रोजगारीमा जाँदा समस्या नहुने जानकारहरु बताउँछन् । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले ठूलो योगदान पु¥याउँदै आएको र भारतबाहेक विश्वका एक सय ७३ देशमा नेपाली श्रमिक पुगेका विभिन्न तथ्याङकहरुले देखाएका छन् ।श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि,सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति भए पनि नीति अनुसार काम हुन नसकेको युवाहरुको गुनासो छ ।

सम्बन्धित समाचार