सिन्धुलीमा हात्ती गाडी दुर्घटना हुँदा १५ जना घाइते,एकको मृत्यु

175 Shares

सिन्धुलीका विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा १५ जना घाईते भएका छन् भने एक जनाको ज्यान गएको छ।कमलामाई नगरपालिका ८ माइस्थान स्थित वि.पी.राजमार्गमा मधेश प्रदेश ०४–००१ च ०१५२ नम्बरको हात्तीगाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका हुन्। भने मदन–भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका ४ कमलाखोचमा कुरियर लोड भएको प्रदेश १–०२–००२ च ५४२५ नम्बरको पिकअप गाडीको ठक्करबाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार मधेश प्रदेश ०४–००१ च ०१५२ नम्बरको हात्तीगाडी आफैँ अनियन्त्रित भई सडकको नालामा पल्टिँदा धनुषाको जनकपुर उपमहानगरपालिका ७ का अन्दाजी वर्ष २६ का प्रदेश ०४–००१ च ०१५२ नम्बरको हात्तीगाडीका चालक मनिराज साह,सोही ठाउँका वर्ष २५ को सुनित कुमार मण्डल,जनकपुर उपमहानगरपालिका १३ का अन्दाजी वर्ष १० का आषिस कुमार ठाकुर,सोही ठाउँका अन्दाजी वर्ष ३८ का राम दुलार ठाकुर,जनकपुर उपमहानगरपालिका ७ का अन्दाजी वर्ष २९ की शोभा शर्मा,अन्दाजी वर्ष ४ का आर्यन शर्मा, जनकपुर उपमहानगरपालिका १९ का अन्दाजी वर्ष २२ का ओम महरा,जनकपुर उपमहानगरपालिका ५ का अन्दाजी वर्ष १८ का हरी ओम गुप्ता,सोही ठाउँकी वर्ष १४ की श्रीया शर्मा र जनकपुर उपमहानगरपालिका ४ की अन्दाजी वर्ष ५६ का कुशुम शर्माका साथै पर्साको वीरगन्ज महानगरपालिका २ पिपराका अन्दाजी वर्ष १८ का रियाज अन्सारी,वीरगन्ज महानगरपालिका ५ का अन्दाजी वर्ष २१ का सिकन्दर बैठा,बाराको कलैया उपमहानगरपालिका १५  का अन्दाजी वर्ष ३२ का रमेश कुमार सहनी,कलैया उपमहानगरपालिका १ का अन्दाजी वर्ष १८ का राजन बैठा तथा भारतको बिहारका अन्दाजी २२ का सन्तोष कुमार शर्मा घाईते भएका छन्।घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पठाएको सिन्धुली प्रहरीले जनाएको छ ।
यता,मदन–भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका ४ कमलाखोचमा कुरियर लोड भएको प्रदेश १–०२–००२ च ५४२५ नम्बरको पिकअप गाडीको ठक्करबाट दुधौली नगरपालिका १ गिजिह्यानीका अन्दाजी वर्ष ६५ का मोहन धामीको ज्यान गएको हो। पिकअपका चालक झापाको सिवसतासी नगरपालिका ७ का २९ वर्षीय अभिषेक अधिकारी सहित दुर्घटनामा संग्लग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।मदन–भण्डारी राजमार्गमा पछिल्लो समय सवारी चाप बढ्दै गएकाले पैदलयात्रीको सुरक्षामा ध्यान दिन आवश्यक ट्राफिक प्रहरीले जनाएको छ।तीव्र गतिको सवारी र सुरक्षात्मक संरचनाको अभावले दुर्घटनाको जोखिम बढाएको जानकारहरु बताउछन् ।

सम्बन्धित समाचार