सर्लाहीमा डेङगी संक्रमण तीव्र रुपमा फैलिँदै,सय मात्रै तथ्यांकमा

357 Shares

डेङगी संक्रमणका कारण सर्लाहीमा सय जना भन्दा संक्रमित भएका छन् ।देशव्यापी तीव्र गतिमा फैलिएको डेङगी रोगको संक्रमणबाट सर्लाहीका विभिन्न स्थानमा सय जना भन्दा बढीमा संक्रमण देखिएको जनस्वासथ्य कार्यालय मलंगवा सर्लाहीका प्रमुख डा.नवल किशोर झाले जानकारी दिए ।उनका अनुसार जनस्वास्थ्य कार्यालयको तथ्यांकमा सय जना भन्दा बढीलाई डेङगी संक्रमण देखिएको भएपनि तथ्यांकमा थपघट हुन सक्ने छ ।हरिवन र लालबन्दी नगरपालिका क्षेत्रमा सबैभन्दा बढी डेङगी संक्रमित रहेका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
सर्लाहीमा हजारौँको संख्यामा डेङगी रोगको संक्रमित व्यक्ति भएपनि पालिकाहरुले रिपोर्टिङ नगर्दा जम्मा सय जना सङ्क्रमितको डाटा मात्र रहेको कार्यालयले जनाएको छ ।सर्लाहीका २० वटै पालिकाहरुमा डेङगी रोगको संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् ।लामखुटेको टोकाईबाट सर्ने यो रोग गाउँ गाउँमा तीव्र गतिले फैलिएपनि सरोकारवाला निकायहरू नियन्त्रण गर्नतर्फ सरोकारवाला निकायले चासो नदिएको स्थानीय जानकारहरु बताउँछन् ।
तीन तहको सरकार मध्य सबैभन्दा नजिकको सरकार स्थानीय तह रहेको भएपनि डेङगी फैलाउँने लामखुट्टे मार्ने औषधी छर्ने सम्मको काम नभएको जानकारहरु बताउँछन् । डेङगी संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्न अति आवश्यक रहेको र त्यसका लागि औषधी छर्नपर्ने भएपनि कसैको चासो नगएको पाइएको हो ।
डेङगी के हो ?
डेङगी एक प्रकारको ज्वरो हो।यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो। डेङगीको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ।यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ ।यसले ससाना पानी जमेका स्थानमा फुल पार्ने गर्छ।खासगरी वर्षाको पानी; जस्तै टिनका डब्बा, थोत्रा टायर,अलकत्र वा मट्टीतेलका खाली ड्रम,फुलदानी गमला,पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ।सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ। डेङगी एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइसल सङ्क्रमण हो।यो भाइरस डेङगी–१, डेङगी–२, डेङगी–३ र डेङगी–४ गरी चार प्रकारका हुन्छन्।एडिज लामखुट्टे कालो रङको हुन्छ,जसमा सेतो थोप्ला पनि देखिन्छ।यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ।औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङगी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेङगी रोग क्लासिक डेङ्गु हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन्।डेङगी ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शितोष्ण र समशितोष्ण भू–भागमा फैलिने रोग हो।यो रोग डेङगी भाइरसका कारण लाग्ने गर्छ।सामान्यतया डेङगी भाइरसको सङ्क्रमण भएको तीन दिनदेखि चौध दिन पछि यसका लक्षणहरू देखिन्छन्।यसका प्रमुख लक्षणमा ज्वरो आउने,टाउको दुख्ने,वान्ता हेन,मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ ।
केही बिरामीमा यो रोग डेङगी हेमोरेजिक फिबर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ।यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ।सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि स्थानीय तहमा मात्र रु सात करोड ९८ लाख डेङगी नियन्त्रणका लागि छुट्टाएको छ भने मधेश प्रदेशमा एक सय ३६ पालिकाहरू मध्ये ४६ पालिकाको लागि रु ७४ लाख बजेट डेङगी संक्रमण नियन्त्रणका लागि छुट्ट्याएको छ ।

सम्बन्धित समाचार