तस्करसंग फोन सम्वाद बाहिरिएपछि वरिष्ठ सई राणा निलम्बित,

179 Shares

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम डीआईजी गोविन्द थपलियाको नाममा तस्करसंग आर्थिक चलखेल जोडिएको फोन सम्वाद गर्ने वरिष्ठ सईलाई मधेश प्रदेश प्रहरी कार्यालयले निलम्वन गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ सई सागर समशेर राणा र तस्कर राजीव महासेठ विचको फोन सम्वाद बाहिरिए पछि बरिष्ठ सई  राणाले प्रहरी संगठनको आचरण विपरितको गतिविधि गरेका भन्दै उनलाई निलम्वन गरी आवश्यक छानविन सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 
तस्कर र बरिष्ठ सई राणा विचको फोन संवादमा तस्कर महासेठले आफूसहित अन्य व्यापारीसंग रकम असुली गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको भन्ने जस्ता रहस्य खुलाएका छन् ।घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त वरिष्ठ सई राणालाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले कारबाही गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम डीआईजी थपलियाले बताए।उनका अनुसार वरिष्ठ सई राणाालाई तत्कालका लागि निलम्बन गरि आवश्यकब अनुसन्धान सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई राणालाई लेनदेनमा दोषी ठहर गर्दै कारबाहीको प्रारम्भिक चरणमा निलम्बन गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।वरिष्ठ सई राणाले डीआईजी थपलियाबाट जोगिन तस्कर महासेठलाई फोन गरेको सार्वजनिक भएको फोन संवादमा सुनिन्छ।उक्त विवादका कारण मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी धनुषाबीच मतभेदसमेत उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ ।
डीआईजी थपलियाले आफूलाई बदनाम गर्न वरिष्ठ सई राणाले मोबाइलमा गरेको संवाद सार्वजनिक गरेको आरोप लगाएका छन्।घटनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै वरिष्ठ सई राणालाई थप कारवाहीको प्रकृया अगाडी बढाइने उनले बताए।फोन संवादमा सई जयलाल यादव र अर्का सई गोपाल बहादुर थापा मगरको पनि नाम मुछिएको छ ।
सई यादव धनुषामा प्रहरी जवान भएदेखि नै घुमुवा(सादा पोशाक)मा खटिदै आएका छन् ।धनुषाको इनर्वा नाकाबाट तस्करी गर्ने महासेठसंग सई यादवको पुरानो संगत रहेको प्रहरी स्रोतको दाबी छ।सई मगरपनि असुलीमा संग्लग्न रहेका उक्त फोन सम्वादबाट खुलेको छ ।प्रहरी स्रोतहरुका अनुसार महासेठको दैनिक ५० भन्दा बढी मोटरसाईकलबाट तस्करीमा हुने गरेको छ ।
भारतबाट नेपाल र नेपालबाट भारतमा अबैध रुपमा माल सामान तस्करी गर्नेहरु मध्ये महासेठ सबै भन्दा ठूला मानिन्छ।सरकारले सर्वसधारणका लागि सय रुपैयाँको माल सामान भन्दा बढी भन्सार बिना ल्याउन नहुने बताई सोही हनुसार कडाई सुरु गरेको भएपनि महासेठको तस्करी साम्राज्य चलि रहेको फोन सम्वादबाट प्रष्ट हुन्छ ।मधेश प्रदेशमा लामो समयदेखि कार्यरत रहेका वरिष्ठ सई राणा सहितका केही प्रहरी कर्मचारीहरुका कारण मधेश प्रदेश प्रहरी समय समयमा विवादको चर्चामा आउने गरेको समेत प्रहरी अधिकारीहरु नै बताउँछन् ।

सम्बन्धित समाचार