Close This

गाउँमा विद्युत पुगेपछि वडाबासी खुशी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-३० गते   ६९१ पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ र ५ मा  विद्युजी बत्ती पुगेको छ । हरिहरपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष झल कुमार माझीको पहलमा वडा नम्बर ४ र ५ मा विद्युत पुगेको हो ।
करिब ३ महिनाको लामो प्रयास पछि हरिहरपुरगढी गाउँपालिका ४ र ५ को ट्रान्सफर्मर सम्म बत्ती पुर्याइ बाल्न सफल भएको हरिहरपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता झल कुमार माझीले जानकारी दिनु भयो । 
जिल्ला बिद्युत प्राधिकरण कार्यालय सिन्धुली र कपिलाकोट बिद्युत वितरण केन्द्रको विशेष पहलमा विद्युत पुगेपछि गाउँपालिकाको वडा नम्बर ४ को बाह्रविसे,झ्याडी र वडा नम्बर ५ को भलखडा,दुवारखोला,मिलनचोक,जोरसिमल र तामाजोर लगायतका स्थानका करिब ३ सय घरधुरी लाभान्वीत भएका छन् ।
वडा कार्यालयको आर्थिक वर्ष २०७६÷०७७ को ८ लाख रकमबाट तार तान्ने तथा ट्रान्सर्फमर जडान गरि ट्रान्सर्फमरमा बक्ति बाल्ने काम भएको वडा अध्यक्ष माझीले बताउनु भयो ।
नेपालीहरुको महान चाड शुभ दिपावली र छठलाई लक्षितगरी वडालाई झिलिमिली बनाउने उदेश्यका साथ विद्युत प्रसारण लाईनको कामलाई गंभिरताका साथ ध्यान दिएर जडान गरिएको वडा ४ का अध्यक्ष कमल कुमार राइले बताउनु भयो ।  गाउँ सम्म विद्युत आइपुगेपछि वडाबासीहरु खुशी भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech