बहु सांस्कृतिक,बहु धार्मिक र बहु भाषिक विविधता भएको सहर धरान : उप प्रमुख बेघा

406 Shares

कमलामाई मिडिया प्रा.लि.द्धारा सञ्चालित कमलामाई अनलाईन टि.भी.मा पत्रकार शंखर पहाडी(गौरब)ले सुनसरीको धरान उपमहानगरपालिकाका नगर उप प्रमुख अइन्द्र बिक्रम बेघासंग समसामयिक विषयमा गरिएको अन्तरवार्ताको सम्पादित अंश :

प्र.धरान उपमहानगरपालिकाको उप प्रमुख भएदेखि हाल सम्म के कस्ता कामहरु गर्नु भयो ?
नेपालको संविधान २०७२ ले तोकेको अधिकार सहित स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेको काम कर्तव्य र अधिकारलाई पुर्ण रुपमा पालना गरेको छु।उप प्रमुखको जिम्मेवारीमा धेरै कामहरु छन् त्यसमा उल्लेख्य काम भएको छ ।
प्र.विकास निर्माणको सवालमा उप प्रमुखको  भूमिका के हुन्छ ?
समग्र नगरको विकास निर्माणको सवालमा नगर प्रमुख तथा उप प्रमुखको भूमिका फरक हुँदैन् ।नगर प्रमुख र उप प्रमुखको छुट्टै रकम हुँदैन्।नगरको समग्र विकासका सवालमा नगर गौरबका योजनाहरु रहेका छन्।त्यसमा हामीले साझा धारणा बनाएर काम गरेका छौँ ।हामीले कोष बनाउने भन्दा पनि काम गर्ने धारणा बनाएर लागि परेका छौँ ।
प्र.नगर गौरबका आयोजनाहरु केके छन् ?
नगर गौरबका योजनाहरुमा सडक तथा पुर्वाधारहरु अन्र्तगत वहुवर्षे योजनाहरु सञ्चालन गरिएको छ।यहाँको विद्यालयहरुका भौतिक पुर्वाधार,सडक तथा पर्यटकिय क्षेत्रहरुलाई प्राथमिकता राखेर काम गरेका छौँ।नगर प्रमुखले पनि साना मुहानहरुको व्यावस्थापन गर्दै धरान बासीलाई काकाकुल हुनबाट बचाउने सवालमा योजना बनाएर काम गर्नु भएको छ ।उहाँको योजनालाई हामी सबै जनप्रतिनिधिहरुको साथ सहयोगमा काम भई रहेको छ ।धरानामा खानेपानीको निकै समस्या छ,त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी लागि परेका छौँ ।जसलाई नगरको जीन्दगी बनाएर लागेका छौँ ।
प्र.नगर प्रमुखको पानी ल्याउने अभियान कतिको सफल भएको छ ?
अभियान सफल हुने वा नहुने भन्ने विषयमा चर्चा गर्न जरुरी छैन्।हामीले यहाँको हाम्रो माग प्रस्तुत गरेका छौँ।जसबाट प्रदेश र संघीय सरकारलाई कतिको प्रभाव पारेको छ भन्ने भन्दा पनि हाम्रो बलबुत्ताले भ्याए सम्म नगरको विकासका कामहरुमा लागि रहेका छौँ ।हाम्रो नगरले भ्याए सम्मका कामहरु गरि रहेका छौँ र धेरै योजनाहरु बनाएका छौँ ।
प्र.धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भावनाको धरानलाई व्यवसायीक रुपमा विकास गराउने सवालमा कस्तो भूमिका खेली रहनु भएको छ ?
नगर प्रमुखको योजनालाई साथ दिँदै धरानलाई पर्यटकिय क्षेत्रको विकास र विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सडक निर्माण,होटल तथा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न किसिमका स्कीमहरु दिने,खानेपानी तथा विद्युतको विस्तार गर्ने,धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गर्ने र अगाडि बढाउने हो भने धरान धेरै अगाडि बढ्छ।चुरेको काखमा रहेको धरानलाई प्राकृतिक सौन्दर्यतामा रमाउन पर्यटन आकर्षण गर्न आवश्यक छ।सडक पुर्वाधार पुर्याएर सो क्षेत्रका होटलहरुलाई प्रोत्साहन गर्दा धेरै राम्रो हुन्छ ।
प्र.धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भावना रहेको धरानमा सबै खालका धर्म संस्कारमा मानिसहरुलाई मिल्ने खालको खानपान हुँदैन् भन्ने छ ?नी
धरान बहु सांस्कृतिक,बहु धार्मिक रबहु भाषिक विविधता भएको जातिय समुदाय बसोबास गर्ने सहर हो।यहाँ कुनै एक जाति र समुदाय मात्रै नरहेको सहर हो।यहाँ राई,लिम्बु,क्षेत्री, ब्राम्हण,दलित,तामाङ र नेवार समुदाय सहित मारवाडीको बसोबास रहेको छ।यहाँ धार्मिक संस्कार र संस्कृतिको अन्तरघुलन रहेका कारण यहाँ कुनै किसिमको एकल स्वभाव छैन्।सबै जातिको बसोबास रहेका कारण अरुको तुलनामा अलि फरक देखिएको छ।यहाँ एकले अर्काेलाई विभेद गर्दैनन्।यहाँ पर्यटकहरुको माग विपरितका गतिविधिहरु हुँदैनन्।कुनै जातको आफ्नो संस्कृतिको पालना हुन्छ।एकले अर्काेलाई जवरजस्ती कसैले केही गर्दैन् ।यहाँ आ आफ्नो धार्मिक स्थलहरुमा पुजा पाठ हुन्छ।कसैको आन्तरीक द्धन्द्ध छैन्।गलत प्रचार बाजी गरिएको छ ।
प्र.न्याय सम्पादन गर्ने सवालमा के कस्ता समस्याहरु र चुनौतीहरु आउँदा रहेछन् ?
अलिअलि विवाद हुन्छन्।तथापी पनि धरान उप महानगरपालिकाको न्यायिक समितिले गरेका फैसलाहरु जिल्ला अदालत र उच्च अदालतले बदर गरेको छैन्।यहाँ निर्णय गरेका कुराहरु नैसदर हुँदै आएका छन्।दुई जना कानुनी सल्लाहकार भएका कारण हामीले निर्णय गर्न मिल्ने विषयहरुमा निर्णय गर्ने र निर्णय गर्न नमिल्ने विषयहरुलाई सम्बन्धीत निकायमा पठाउने गरिएको छ।क्षेत्राधिकार र कानुनी कुराहरुलाई सुक्ष्म तरिकाले अध्यायन गरेर काम गरेका छौँ । 
प्र.न्यायिक समितिमा के कस्ता उजुरीहरु आएका छन् ?
हामीले हेर्न मिल्ने नमिल्नै सबै उजुरीहरु पनि आउँछन्।सामान्य घर झगडा,जग्गा किचलो र श्रीमान श्रीमतीको विचका झगडहरु आउँछन्।हामीले हाम्रो क्षेत्राधिकार भन्दा बाहिरका उजुरीहरुको सवालमा समझदारीमा अनौपचारीकरुपमा समस्या समाधानको पहल हुने गरेको छ ।
प्र.धरान उपमहानगरपालिकामा उप प्रमुख(तपाई) नगन्य मतमा हुनुहुन्छ ?काम गर्ने सवालमा के कस्ता समस्याहरु आउँदा रहेछन् ?
न्यायिक समिति र नगर उप प्रमुखको काम कर्तव्य र अधिकारको सवालमा कुनै किसिमको अवरोध तथा समस्या छैन्।कार्यपालिकाको सवालमा नगर प्रमुखको समन्वयात्मक भूमिका रहेको हुन्छ।निर्वाचन लड्दा जुन दलबाट लडेको भएपनि निर्वाचित भएपछि विभेदको आँखाले मैले कसैलाई र मलाई कसैले हेरेको छैन्।बाँकी कार्यपालिकाको सवालमा बाहिर जे देखिएको छ त्यही हो।अन्य सवालहरुमा कुनै भेदभाव र विभेद छैन् ।
प्र.धरान उपमहानगरपालिकामा नगर प्रमुखका कारण कुनै समस्या आएको छ की छैन् ?
कार्यापालिकामा समन्वय गर्ने नगर प्रमुखको जिम्मेवारी हो।नगर प्रमुखको धन्दभक्त र विरोधी केही नभएकाले मैले सकारात्मक कुरामा सुझाब दिने गरेको छु।नगरको विकास र समृद्धिको सवालमा आवश्यकता अनुसार सकारात्मक सुझाब दिने गरेको र त्यसैलाई बुझ्नेले नकारात्मक बुझेका छन् भने केही भन्नु छैन् ।
प्र.धरान उपमहानगरपालिकाका नगर प्रमुखले उप प्रमुख रहँदै गर्दा वडा अध्यक्षलाई कार्यवाहक दिनु भएको थियो त्यो के हो ?
नगर प्रमुख ज्युबाट त्यो कदम गलत भएको हो।जुन कुरा अदालतले पनि भनेको छ।कानुन सम्भव भए नभएको सवालमा सचेत नागरिकहरुले बुझ्नु पर्छ।मलाई कार्यवाहक हुने रहर छैन् ।कार्वबाहक दिएर गएका कारण म विदाई गर्न नगएको हुँ।उहाँ बाहिर जाने सवालमा कुनै आधिकारीक पत्र आएको थिएन् ।हाम्रो विचमा कानुनले तोके अनुसार कुनै विवाद छैन् । 
प्र.धरान उपमहानगरपालिकामा युवा स्वरोजगार र आत्मानिर्भर बनाउने सवालमा केके काम गरेको छ ?
हामीले स्वरोजगारमूलक बनाउन धेरै किसिमका तालिमहरु प्रदान गरेका छन् ।धरानका युवाहरुलाई स्वरोजगार बनाउने सवालमा धरान उपमहानगरपालिकाले कन्जुस्याई गरेको छैन् ।युवाहरुलाई आफ्नै गाउँ ठाउँमा रोजगारी सृजना गरी स्वरोजगार बनाउने सवालमा हामी लागि परेका छौँ ।

सम्बन्धित समाचार