Close This

आगलागीबाट करिब डेढलाखको क्षेती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-७ गते   ३२५ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका १२ मा भएको आगलागिबाट अन्दाजी १ लाख ५० हजार मुल्य बराबरको क्षेति भएको छ । शुक्रवार दिउसो बरहथवा नगरपालिका वडा नम्बर १२  मुसैलीटोल बस्ने राम प्रसाद महतोको फुसको उखु क्रसरमा अचानक भएको आगलागिबाट सो मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ ।

 फुसको क्रसरमा आगलागि भएपछि घर र क्रसरमा रहेको अन्दाजी १० क्वुन्टल सख्खर जली १ लाख ५० हजार  मुल्य बराबरको क्षेति भएको प्रहरीले जनाएको छ । प्रहरी प्रशासन तथा स्थानियबासीको सहयोगमा समयमै आगलागि नियन्त्रणमा आएका कारण मानबिय तथा पशु चौपाया क्षेति नभएको हिरापुर प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech