सर्लाहीको हरिवनमा निर्वाचन प्रचास प्रसारको क्रममा मिठाईमा विष मिसाएर खान दिँदा ८ जना विरामी परेका छन् । हरिवन नगरपालिका ११ मा चुनाव प्रचार प्रसार अन्र्तगत घरदैलो कार्यक्रममा नेकपा(माओवादी केन्द्र) को तर्फबाट हरिवन नगरपालिका ११ का वडा अध्यक्षका उम्मेदवार शेष ईस्तिहार सहित ८ जना विरामी परेका हुन ।
हरिवन नगरपालिका ११ मा घरदैलो कार्यक्रम गर्ने क्रममा ईस्तिहार सहित हरिवन नगरपालिका ११ को वडा अध्यक्ष पदका उम्मेदवार इस्तिहार,महिला सदस्य पुर्णिमा भण्डारी,सदस्य ओम प्रकाश साह(रौनियार) लगायत शेष आरिफ, रिजमान शेष,दिलिप खड्का,हरि लामा र शेष अस्फाकलाई विपक्षी दलले मिठाईमा विष मिलाएर खान दिँदा गम्भिर बिरामी भएका नेकपा( माओवादी केन्द)्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले बताउनु भयो । उहाँका अनुसार हरिवन नगरपालिका ११ को बालगंगामा एक स्थानियको घरमा मिठाई खाने क्रममा उनिहरु अचानक विरामी परेका हुन । बिरामी परेकाहरु मध्य ३ जनालाई हरिवनको स्वाभिमान अस्पतालमा सामान्य उपचार पछि विरगन्ज पठाएको छ भने बाकी रहेका ५ जनाको स्वाभिमान अस्पताल हरिवन मै उपचार भई रहेको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका सचिव गौरी महतोले बताउनु भयो । घरदैलो कार्यक्रम गर्ने टोलीमा कति जना थिए भन्ने एकिन नभएका कारण बिरामीहरुको संख्या बढ्न सक्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले हरिवन नगरपालिकाका सबै वडा सहित नगरपालिका नै जित्ने अवस्था देखेपछि विपक्षी दलले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई मिठाईमा विष मिलाएर खान दिएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल)ले जानकारी दिनुभयो । उहाँका अनुसार
आफ्ना नेता तथा कार्यकर्ता अचानक बिरामी परेपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु र दलका भातृसंगठनका नेता तथा कार्यकर्ताहरुले पुर्वपश्चिम लोकमार्ग स्थित हरिवनमा टायर वालेर प्रदर्शन गर्नुका साथै नारावाजी गरेका छन् । आन्दोलीत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नेकपा(एमाले)का विरुद्ध नारावाजी गरेका हुन ।