पाँच किलो भन्दा बढी प्रतिवन्धित लागु औषध गाँजा सहित तीनजना प्रहरीको नियन्त्रणमा

475 Shares

सर्लाहीको बागमती नगरपालिका १२ स्थित बथानेबाट प्रतिवन्धित लागु औषध गाँजा सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बागमती नगरपालिका १२ स्थित बथाने स्थित स्कुल अगाडि चेकजाँचमा खटिएको इलाका प्रहरी कार्यालय कर्मैया,बागमतीको प्रहरीको टोलीले पाँच किलो दुई सय १० ग्राम प्रतिवन्धित लागु औषध गाँजा सहित तीनजना र एउटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

R $ P khaja ghar.jpg
प्रहरीका अनुसार प्रदेश २–०४–००१ प ९५६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक बागमती नगरपाकिला १२ का अन्दाजी वर्ष १९ का निशान घिसिङ र सोही मो.सा पछाडी सवार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ का अन्दाजी वर्ष १८ का मानव मोक्तान र सोही ठाउँका रुपेश लामालाई पाँच किलो दुई सय १० ग्राम प्रतिवन्धित लागु औषध गाँजा सहित सहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका तीनै जना सहित प्रतिवन्धित लागु औषध गाँजा र मोटरसाईकल प्रहरीले नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार