डिभिजन वन कार्यालय सर्लाहीको याेजना तर्जुमा गाेष्ठी सम्पन्न

1.3k Shares

दुर्गा कुमारी अधिकारी
डिभिजन वन कार्यालय सर्लाहीले जिल्ला स्तरीय याेजना तर्जुमा गाेष्ठि सम्पन्न गरेकाे छ । डिभिजन वन कार्यालय सर्लाहीले जिल्लाका सबै सव डिभिजन वन कार्यालयहरुसंग छलफल गरि निस्केकाे निष्कर्ष सहित गाेष्ठिमा छलफल भएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए ।
आर्थिक वर्ष २०८०/०८१ मा कस्ता खालका याेजनाहरु बनाएर जाने,वन संरक्षण कसरी गर्न सकिन्छ,राज्यले लागनी गरेर तलब भत्ता खुवाएर राखेका कारण पनि पहिलाे प्राथमिकतामा वन संरक्षणमा लाग्नु पर्ने,के कस्ताे कार्यक्रम बनाउँदा वन संरक्षणमा सबैकाे ध्यान जान्छ,वनकाे संम्बर्धन,संरक्षण र व्यावस्थापन गर्न के कस्ताे कार्यक्रम राखिदा सबै वनका कर्माचारीहरु जागरुकताका साथ लाग्न सकिन्छ भन्ने विषयमा तर्जुमा गाेष्ठी सञ्चालन गरिएको डिभिजन अधिकृत अहमद्ले बताए ।
उनले सामुदायिक वन समुहका पदाधिकारीहरु र सदस्यहरुलाइ पनि कसरी  परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताए ।
उनका अनुसार विगत लामाे समयदेखि काठ,दाउरा जनतालाई वितरण गर्न नसकिएको,विकास निर्माणका कामकाे रुपमा पर्यटन क्षेत्रमा अल्झिनु पर्दा वनले गर्नु पर्ने काम गर्न नसकेकाे भए पनि अब त्याे समस्या हटेकाे छ ।
कार्यालय व्यावस्थापन,कर्माचारीहरुका परिचालन,वन व्यावस्थापन,आगलागी,चाेरी पैठारी लगायतका विषयमा ध्यान पुर्याएर याेजनाहरु ल्याउन डिभिजन वन अधिकृत मन्जुरले आग्रह गरे ।
राज्यले वन कार्यालयलाई ठुलाे लागनी गरेकाे भए पनि वन कार्यालय र वनका कर्माचारीहरुका साथै सामुदायिक,साझेदारी,धार्मिक तथा कवुलियती वनले साेचे अनुसार काम नगरेकाे र प्रगति हुन नसकेकाे भन्दै डिभिजन वन अधिकृत मन्जुरले चिन्ता व्यक्त गरे ।
डिभिजन वन कार्यालय सर्लाहीमा डिभिजन वन अधिकृत अहमद् आएदेखि सामुदायिक,साझेदारी,धार्मिक र कवुलियती वनहरुसंग निरन्तर छलफल तथा अन्तर्क्रिया गर्नुका साथै वार्षिक कार्य याेजना बनाउने,लेखा परिक्षण गर्ने,बैठकहरु गर्ने लगायतका कामहरु गरि रहेका छन् ।
याेजना तर्जुमा गाेष्ठीमा डिभिजन वन कार्यालयका कर्माचारीहरुका साथै जिल्लाका सबै सव डिभिजन वन कार्यालयका प्रमुख तथा कर्माचारीहरुकाे सहभागीता रहेकाे थियाे ।

सम्बन्धित समाचार