सिन्धुलीको दुधौली नगरपालिकाले नगर अस्पताल संचालनमा ल्याएसँगै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन्।बिरामी पर्दा जिल्ला सदरमुकाम सिन्धुलीमाढी,छिमेकी जिल्ला उदयपुर र संघीय राजधानी काठमाडौंका अस्पतालमा पुग्नु पर्ने बाध्यतामा रहेका सर्वसाधारणहरुलाई आफ्नै नगरपालिकामा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवा लिन सहज भएको छ ।
दुधौलीमा यस वर्ष सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या पनि सुन्य भएको र दुधौलीमा वर्षेनी आधि दर्जन मानिस सर्पको टोकाइबाट मृत्यु हुने गरेकोमा नगर अस्पताल सञ्चालनमा आएपछि कसैले पनि अकालमा ज्यान गुमाउनु नपरेको दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले बताए ।उनका अनुसार यस वर्ष नगर अस्पतालमा सर्पदशंको उपचार पछि कसैले ज्यान गुमाउनु परेन् भने,आफ्नै गाउँमा सुविधा सम्पन्न र सहजरुपमा स्वास्थ्य सेवा पाउन थालेपछि यस क्षेत्रका सर्वसाधारण मानिसहरु पनि खुसी भएका छन् ।
नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था थिए तर,नागरिकको विश्वास नहुँदा स्वास्थ्य संस्थामा बिरामी कम जान्थे।पछिल्लो केही महिनायता उपचारका लागि दुधौली बाहिर जानेको संख्या कम भएको दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक जगदिश मण्डलले जानकारी दिए ।उनका अनुसार विशेषज्ञ चित्सिक नहुदाँ सर्वसाधारण नागरिक लाखौँ खर्च गरेर अन्य ठाउँमा उपचार गराउन जान बाध्य हुने गरेका भएपनि आफ्नै गाउँमा सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई बाहिरि गएर ठूलो रकम र समय खर्चीनु पर्ने बाधयता हटेको छ ।
हाल नगरपालिकाले सिथौली अस्पताललाई नगर अस्पताल बनाएको छ।नगर अस्पतालमा विशेषज्ञ चित्सिक चार जना,एमडिजिपि एक जना र एमडि एक जना गरि छ जना चिकित्सकहरु रहेका छन्।समय–समयमा बाहिरि देशबाट समेत विशेषज्ञ चित्सिक ल्याउने गरिएको र स्वास्थ्य सेवाकै लागी बाहिर जानपर्नुे समस्या समाधान भएको छ ।”नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मण्डलले बताए ।
पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढेको छ।अस्पतालमा विशेषज्ञ सेवा शुरु भएपछि बिरामीको संख्या पनि दिनदिनै बढ्दै गएको छ।नगरपालिकाले गत माघ देखि दुधौली नगरपालिका ५ सिर्थौलीमा नगर अस्पताल सञ्चालनमा आएपछि दुर्गम गाउँका बिरामीले पनि विशेषज्ञ सेवा पाएका नगर उप प्रमुख चन्द्र किशोर थारुले बताए ।उनका अनुसार नगरपालिकाले सेवा प्रभावकारी बनाउन र घर आँगनकै अस्पतालबाट गुणस्तरी सेवा दिन सिर्थाैली अस्पताललाई स्तरोन्नति गरी १५ शैयाको नगर अस्पताल बनाएको हो।
पहिले महिनामा करिब दुई सय जना बिरामी आउने गरेका भएपनि अहिले एकैदिन एक सय जना भन्दा बढी बिरामीहरुले सेवा लिने गरेका अस्पताल प्रशासनले जनाएको छ।पहिला गाउँमा कोही बिरामी हुँदा ऋण खोजेर जिल्ला सदरमुकाम सिन्धुलीमाढी,छिमेकी जिल्ला उदयपुर र संघीय राजधानी काठमाडौंका अस्पतालमा पु¥याउने गरेको भएपनि अहिले गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएर उपचार गराउन पाउँदा खुशी लागेको स्थानीयले बताएका छन् ।