किसानको आयस्तर उठाउने कार्यमा व्यावस्त छु ः डा.यादव

2.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको तेलबाली अनुसन्धान कार्यक्रमले अब दुई सिजनमा बदाम लगाउन सकिने बताएको छ । तेलबाली अनुसन्धान कार्यक्रमका प्रमुख डा.विशेश्वर प्रसाद यादवले हिउँद र वर्षायाममा गरी बदाम दुवै सिजनमा लगाउन सकिने बारेमा अनुसन्धान सुरु गरेको बताउनु भएको छ ।
यस अघि एक सिजन मात्र लगाउन सकिने बदाम अब हिउँदयाम र वर्षायाममा गरी २ सिजनमा लगाउन सकिने  डा. यादवले बताउनु भयो । उहाँका अनुसार  ३० सेन्टी मिटरको फरकमा बिऊ रोप्न सकिने छ । किसानहरुको आय स्तर उकास्न सकिने गरी अनुसन्धान गरी दुवै सिजनमा बदाम लगाउन सकिने डा. यादवले बताउनु भयो ।
प्रति कठ्ठा करिब ३ किलो बदामको बिऊ लाग्ने र समय समयमा झार नआउने औषधीको प्रयोग  गर्नू पर्ने डा.यादवले बताउनु भयो । पानी कम हुने स्थान बगर क्षेत्रमा उत्पादन हुने बदाम दुवै सिजनमा उत्पादन हुँदा किसानहरु आय स्रोत बढाउन सक्ने भएका कारण पनि अनुसन्धान गरिएको डा. यादवले बताउनु भयो । फार्म भित्र परिक्षणका लागि लगाईएको र सफल भएको डा. यादवले बताउनु भयो । 
हिउँदयाम र वर्षायाममा गरी दुई सिजनमा बदाम उत्पादन गर्न सकिने छ । करिब १२० देखि १३० दिनमा तयार हुने बदाम अब दुवै सिजनमा लगाउन सकिने कार्यालयले जनाएको छ । बैदेही,जयन्ती लगायतमा जातका बदाम २ सिजनमा लगाउन सकिने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार