Close This

नेपाल टेलिकम लालबन्दी लामो समयपछि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-५ गते   २५३ पटक हेरिएको

 सर्लाहीको लालबन्दीमा रहेको नेपाल टेलिकमले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । विगत लामो समयदेखि भाडाको घरमा रहेको नेपाल टेलिकमको कार्यालय लालबन्दीले आफ्नै भवन निर्माण गरि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
दुर सञ्चार प्रादेशिक निर्देशनालय विरगञ्जको रु ९७ लाखमा २०७६ बाट निर्माण सुरु गरी २०७७ असोजमा निर्माण सम्पन्न  भएको नेपाल टेलीकम कार्यालय लालबन्दीका प्रमुख अरुण कुमार  महत्तोले बताउनु भयो ।
लालबन्दी नगरपालिका ५ मा टेलिकम कार्यालय लालबन्दीले आफ्नो भवन निर्माण गरि सेवा सुरु गरेको छ । वरदा अभिनव(जेभी) कम्पनीले ठेक्का लिएर निर्धारीत समय भन्दा ५ महिना पहिला नै भवन निर्माण सम्पन्न गरेको ठेकेदार कम्पनीले जनाएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने भनि ठेक्का लिएको ठेकेदार कम्पनीले  १३ महिनामा कार्यालय निर्माण सम्पन्न गरेको हो । विगत करिब ५÷६ वर्षदेखि भाडाको घरबाट आफ्नो सेवा प्रवाह गरि रहेको कार्यालयले अहिले आफ्नै भवन निर्माण गरि आफ्ना सेवाहरु सुरुवात गरेको कार्यालय प्रमुख महत्तोले बताउनु भयो ।
दरबन्दी मा १ जना प्राविधिक अधिकृत २ जना प्राविधिक र २ जना लाईन म्यान गरी 
५ जनाको दरबन्दी र अन्य बाह्य स्रोतका ४ जना गरी हाल ९ जना कर्माचारीहरु कार्यरत रहेका छन् । नेपाल टेलीकम लालबन्दी माताहत नवलपुर र इश्वरपुर स्टेसन रहेका छन् । ती स्थानमा २÷२ जना सुरक्षागार्ड रहेका र उनिहरु बाह्य स्रोतबाट राखिएका कर्माचारी रहेका कार्यालयले जनाएको छ ।
 कार्यालयको आफ्नै भवन नहुँदा कर्माचारीको दरवन्दी व्यावस्थापन र कार्य विभाजन लगायतका विषयमा समस्या सृजना हुने कार्यालयले जनाएको छ । आफ्नै कार्यालय भवन निर्माण भयो,सेवा प्रवाहमा अब समस्या छैन तर कार्यालयमा आवश्यक मात्रामा कर्माचारीको अभाव रहेको कार्यालय प्रमुख महत्तोले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech