सिन्धुलीका २ क्षेत्रका लागि २८ जनाको उम्मेदवारी

224 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुलीका २ वटै निर्वाचन क्षेत्रमा शान्तीपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ ।जम्मा २ वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सिन्धुलीको क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १६ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गराउने समय निर्धारण गरिएकामा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी(नेकपा),नेकपा(एमाले),राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी,नेपाल मजदुर किसान पार्टी,राष्ट्रिय परिवर्तन पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा(माओवादी) र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका साथै एकजना स्वतन्त्र गरी १२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उज्जवल प्रसाद बराल,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का डेकेन्द्र प्रसाद सुवेदी,नेकपा(एमाले)का प्रदिप कटुवाल,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धनेन्द्र कार्की,श्रम संस्कृति पार्टीका निम बहादुर मोक्तान,उज्यालो नेपाल पार्टीका मोति लाल तामाङ,नेपाल मजदुर किसान पार्टीका राजेन्द्र बकुन्छे,राष्ट्रिय प्रजातन्त्र पार्टीका राम नारायण अधिकारी,राष्ट्रिय परिवर्तन पार्टीका सन्तोष कुमार सुनुवार,नेकपा(माओवादी)का सुशिल हमाल र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका सोम बहादुर घलानका  साथै अमृत बहादुर वि.क.ले स्वतन्त्र तर्फ गरी १२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन। 
त्यसैगरी,क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी(नेकपा),नेकपा(एमाले),राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),श्रम संस्कृति पार्टी,नेपाल मजदुर किसान पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा(माओवादी),प्रगतिशील लोकतान्त्रीक पार्टी,मंगोल नेशनल अर्गनाइजेसन पार्टी र मितेरी पार्टी नेपालका साथै पाँच जना स्वतन्त्र गरी १६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुशिला थिङ,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का लेखनाथ दाहाल(राजन),नेकपा(एमाले)का मनोज जंग थापा,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का आशिष गजुरेल,श्रम संस्कृति पार्टीका इन्द्र बहादुर वि.क.,नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजु,राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्द्र प्रसाद गजुरेल,नेकपा(माओवादी)का वर्त्य बहादुर राई,प्रगतिशील लोकतान्त्रीक पार्टीका निर्मल कुमार स्याङ्तान,मंगोल नेशनल अर्गनाइजेसन पार्टीका शान्त वीर लामा र मितेरी पार्टी नेपालका राजन आच्छामीका साथै महेश्वर दाहाल,सरोज वि.क.,माधव प्रसाद न्यौपाने,खड्ग बहादुर वाईवा र नरहरी पौडेल स्वतन्त्र गरी १६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन। 

सम्बन्धित समाचार