नेपालसंग वार्ता गने, दुई देशको सम्बन्ध तोड्न नसक्ने : भारतीय रक्षामन्त्री

3.6k Shares

भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालसँग बढेको असमझदारीको संवादको माध्यमबाटै समाधान खोजिने बताएका छन् ।उत्तराखण्ड जनसंवाद नामक कार्यक्रममा बोल्दै उहांले भारतले लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने बाटो निर्माण गरेको तर यसबाट नेपालमा ‘गलतफहमी’ बढेको उल्लेख गरे ।

भारतीय गृहमन्त्री सिंहले नेपालसँगको सम्बन्ध अरु देशको जस्तो नभएको जिकिर गर्दै यो सम्बन्ध सामान्य खालको नभई ‘रोटी बेटी स्तरको’ भएकाले बसेर संवादमार्फत हल खोजिने स्पष्ट पारे । दुनियाँको कुनै शक्तिले यो सम्बन्धलाई तोड्न नसक्ने उनको भनाई थियो ।

भारतीय गृहमन्त्री सिंहले यदि धार्चुलाबाट लिपुलेकसम्म सडक बनेकै कारण नेपाली जनतामा कुनै गलतफहमी पैदा भएको भए, त्यसको समाधान मिलेर खोज्न सकिने आफुमा विश्वास रहेको उल्लेख गरे ।नेपालीप्रति भारतीयमा कुनै खाले कटूता उत्पन्न हुनै नसक्ने विश्वास आफुमा रहेको भन्दै उनले दुई मुलुकले सारा समस्याको समाधान मिलेर खोज्ने विश्वास व्यक्त गरे ।

रक्षा मन्त्री सिंहले नै नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडकको भर्चुअल माध्यमबाट गत २६ बैशाखमा उद्घाटन गरेपछि नेपालमा विरोध शुरु भएको थियो । इमेजखबर

सम्बन्धित समाचार