Close This

भ्याट बिल नभएका र अवैध उत्खननमा संग्लग्न चार सवारी साधनलाई कार्बाही

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२६ गते   २२५ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्काेटमा रहेको ईलाका प्रहरी कार्यालय खुर्काेटले भ्याट बिल बिना ईटा खरिद बिक्री गरी ओसारपसार गर्ने र अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन् गर्नेलाई कारवाही सुरु गरेको छ ।
खुर्काेट प्रहरीले सुनकोशी गाउँपालिका १ टुप्पीडाँडा स्थित वि.पि.राजमार्गमा भ्याट बिल बिना ईटा खरिद बिक्री गरी अबैध रुपमा लैजाँदै गरेको अवस्थामा बा.५ ख ६५९७ नं.को टिपरलाई कार्बाही गरेको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रहरी प्रमुख प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिएको टिपर र त्यसका चालकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको हो ।


त्यस्तै गोलन्जोर गाउँपालिका ७ स्थित खोलाबाट अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन् गर्ने  तीनवटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्बाही गरेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइउका सवारीहरुमा ना.५ त ५३९१, ना.४ त ५८५५ र ना.४ त ७८८२ नं.को गरी ३ वटा ट्याक्टर रहेका छन् । उनिहरुलाई आवश्यक कार्बाहीका लागि  गोलन्जोर गाउँपालिकाको कार्यालय ग्वाल्टार पठाईएको खुर्काेट प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech