सर्लाहीका तीन प्रहरी निरिक्षक र एक प्रहरी नायव उपरिक्षकको सरुवा

325 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय बरहथवा सहित इलाका प्रहरी कार्यालय लालबन्दी र चक्रघट्टाका प्रहरी प्रमुखको सरुवा भएको छ।इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक गौतम थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल, काठमाडौंमा सरुवा भएको छ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा कार्यरत प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईलाई इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी प्रमुख बनाएर पठाइएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले एक सय २१ जना प्रहरी नायव उपरिक्षकहरुको सरुवा गर्दा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरिक्षक थापाको पनि सरुवा भएको हो ।विगत केही वर्षदेखि प्रहरी नायव उपरिक्षकलाई काजमा खटाईएको ईलाका प्रहरी कार्यालय बरहथवामा प्रहरी नायव उपरिक्षकको दरबन्दी नरहेकाले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषामा दरबन्दी देखाई यहाँ काजमा प्रहरी नायव उपरिक्षक पठाउने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी,नेपाल प्रहरी प्रधान कार्यालयले तीन सय ७२ जना प्रहरी निरीक्षकहरुको सरुवा गर्दा सर्लाहीका तीन जना प्रहरी निरिक्षकहरुको पनि सरुवा भएको छ।जिल्लाको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा सरुवा हुँदा लालबन्दीमा प्रहरी वृत्त जनसेवा काठमाडौंबाट प्रहरी निरिक्षक वीरेन्द्र सिंह जोहारीलाई पठाइएको छ । 
त्यस्तै,इलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक उद्धव पोखरेलको सरुवा गरि उनको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी निरिक्षक पवन जंग कार्कीलाई पठाइएको छ।प्रहरी निरिक्षक पोखरेलको प्रहरी वृत्त गौशाला काठमाडौं सरुवा भएको छ भने जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा कार्यरत प्रहरी निरिक्षक सरिता मचामसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरी उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय लागुु औषध नियन्त्रण इकाइ वीरगन्जबाट प्रहरी निरिक्षक विशाल बहादुर बुुढाथोकीलाई खटाइएको नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
जिल्लाबाट सरुवा भएका प्रहरी निरिक्षक एवम प्रहरी नायव उपरिक्षकहरु मध्य इलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक पोखरेलको समयावधि नपुगि प्रहरी निरिक्षक पोखरेल आफैँले सरुवा मागेर गएका हुन भने प्रहरी निरिक्षक पाठक र मचामसीका साथै प्रहरी नायव उपरिक्षक थापाको नियमित अन्र्तगत सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहको पनि नियमित अन्र्तगत सरुवा हुने समय भई सकेको र केही दिनमा सरुवा हुने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार