Close This

वडा अध्यक्ष तथा गायक बरालको ‘कति राम्रो फूल फुलेको सिन्धुली गढीमा’ सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२३ गते   २६१ पटक हेरिएको

सिन्धुलीको फिक्कल गाउँपालिका  ५ का वडा अध्यक्ष तथा गायक राजु बरालले ‘कति राम्रो फूल फुलेको सिन्धुली गढीमा’ बोलको गीत म्युजिक भिडियोसहित दर्शक माझ सार्वजनिक गर्नु भएको छ ।
आफ्नो जन्म र कर्मथलो सिन्धुलीको सुन्दरतालाई प्रेमसँग साटेर  भिडियोले मायाप्रेमको भाव साट्दै सिन्धुलीको सुन्दरता वर्णन गरेको छ । आफ्नो १३ औं गीतका रूपमा गायिका मेलिना राईसँग स्वर मिलाउनु भएका वडा अध्यष तथा गायक बरालले गायनसँगै जन्मथलोको सुन्दरता संसारमाझ पु¥याउने प्रयास गरेको बताउनु भएको छ । 
वि.सं.२०३८ सालमा सिन्धुलीको फिक्कल गाउँपालिका ५, मा जन्मनु भएका बरालले गुरुदेव कामतलाई संगीतको गुरु स्थापना गर्दै वि.ंसं.२०६९ सालमा पहिलो गीत रेकर्ड गराउनु भएको थियो ।  ‘सिन्धुलीगढीमा’ बोलको गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको रहेको गायक बरालले बताउनु भयो । 
एमोस तामाङको एरेन्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङमा रहेको भिडियोको छायांकन उत्सव दाहालले गर्नु भएको छ । भिडियोमा नीराजन प्रधान र कुसुम गुरुङले अभिनय गर्नु भएको छ । विकास दाहालले सम्पादन गरेको भिडियोको कोरियोग्राफी गोविन्द राईले गर्न भएको हो । भने भिडियो निर्देशन राजेश पुमा राईले गर्नु भएको छ । नेपाली कम्युनिष्ट राजनितिमा उदाउदा तारा फिक्कलबासीका मन मुटुमा बस्न सफल जनप्रतिनिधि बरालअसm जनप्रतिनिधि पनि हुनु हुन्छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech