नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै एक भएर लाग्यौं भने २०८४ मा २०६४ को हैसियत प्राप्त गर्न सक्ने बताएका छन् ।“तपाई हामी सबै एक भएर लाग्यौं भने २०८४ मा हामी २०६४ को हैसियत प्राप्त गर्न सक्छौं,त्यसपछि यी भ्रष्टाचारीहरु जो अहिले संख्या देखाएर हामीलाई सरकारबाट बाहिर लगेका छन्,यिनीहरुलाई कहिले पनि आउन नदिने वातावरण बनाउन सक्छौं।”शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालले बताए ।
त्यस्तै,उनले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालले २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादी केन्द्र ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरेका हुन् ।
“२०६४ को निर्वाचनमा हामीलाई भोट हाल्ने जनताको घरघरमा जानुप¥यो।पहिला लिस्ट बनाउनु प¥यो र ती सबैसँग सम्पर्क गर्नुप¥यो।उनीहरुसँग आत्मसमीक्षा गर्नुप¥यो।तपाईहरुले हामीलाई ठूलो आशा भरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्या जस्तो गर्न सकेनौं,विवादित भयौं,हामीले गल्ती ग¥यौं,अहिले हामीले गल्ती सच्यायौं,एकतावद्ध भयौं।अब हामी सुशासन र तपाईहरुको पक्षमा लड्न चाहन्छौं,तपाईहरुले एकचोटी फेरि मद्दत गर्नुस् भन्नुप¥यो।भन्दै माओवादी केन्द्रले सरकारमा हुँदा गरेका कामहरुको बारेमा पनि मतदाताहरुलाई जानकारी गराउनु पर्यो।”त्यस्तै २०६४ मा माओवादीलाई मत दिनेहरुका छोराछोरी अहिले आफैं मतदाता भइसकेको भन्दै उनीहरुको पनि खोजी गर्नुपर्ने माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री दाहालले बताए ।