एसइईको पूरक परीक्षाको नतिजा सार्वजनिक,एक लाख बढी विद्यार्थीहरु उत्र्तिण

73 Shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक)परीक्षाको नतिजा सार्वजनिक भएको छ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार दुई लाख १० हजार तीन सय २१ जना परिक्षार्थीहरुले परीक्षा दिएकामा ५६ दशमलव ७८ प्रतिशत अर्थात एक लाख १९ हजार चार सय २५ जना परिक्षार्थीहरु ग्रेड (पास) भएका छन्।२०८० मा सञ्चालित एसईईको पूरक परीक्षा गत साउन २३ देखि ३१ गते सम्म सञ्चालन भएको थियो।पुरक परीक्षामा ननग्रेड र अनुपस्थित ९० हजार आठ सय ८८ जना विद्यार्थीहरु रहेका छन् भने आठ जनाको उत्तरपुस्तिका रद्द भएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ।नतिजा अनुसार ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउने १८ जना विद्यार्थीहरु छन् भने जीपीए १ दशमलव ६ देखि २ ग्रेड ल्याउने ६४ जना,जीपीए २ दशमलव १ देखि २ दशमलव ४ ल्याउने १९ हजार चार सय ९६ जना,जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याउने ७४ हजार चार सय छ जना छन् ।
त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ ग्रेड ल्याउने २३ हजार छ सय २३ जना छन् भने जीपीए ३ दशमलव १ देखि ३ दशमलव ६ ल्याउने एक हजार पाँच सय १८ जना विद्यार्थीहरु रहेका परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्था अनुसार परिक्षार्थीहरुले परीक्षा दिएको विषयबाट  सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ।जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन विषयमा एनजी आएमा त्यही विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ।२०८० मा सञ्चालित एसईईको नियमित परीक्षामा पनि ४७ दशमलव ८६ प्रतिशत मात्रै विद्यार्थीहरु उत्तीर्ण भएपछि सरकारले सबै अनुतिर्ण विद्यार्थीहरुलाई पुरक परीक्षा दिने अवसर दिएको थियो । 
सरकारले ग्रेडिङ प्रणालीबाट एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न थालेपछि विद्यार्थीहरुमा पढ्ने वानी कम हुादै गएको र नतिजामा ग्रेडिङ भएपनि एसएलसी जतिको मान्यता पाउने की नपाउँने भन्ने चिन्ता विद्यार्थीहरुमा रहेको भएपनि ग्रेडिङ प्रणालीबाट एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न थालेपछि फेल हुने भन्ने चिन्ता  हटेको शिक्षाविद्धहरुको  भनाई रहेको छ ।

सम्बन्धित समाचार