Close This

बागमती नगरपालिका ३ बाट ७ जना जुवाडे पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१५ गते   २५३ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ३ बाट प्रहरीले जुवाडे पक्राउ गरेको छ । बागमती नगरपालिका ३ धरहरा चोक स्थित ढल बहादुर घिसिङको होटलबाट जुवा खेली रहेको अवस्थामा विशेष सुराकीको आधारमा ७ जना जुवाडेलई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवाको खालबाट पक्राउ गरेका ७ जनालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनु भयो । पक्राउ परेका जुवाडेहरुको विस्तृत विवरण संकलन र उनिहरुको साथमा रहेको रकमको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech