जेनजी आन्दोलनपछि उत्पन्न समस्याको समाधान खोज्न बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा नेपाली सेना र जेन जीका प्रतिनिधिहरु विच औपचारिक वार्ता हुने भएको छ। नेपाली सेनाको आग्रह र राष्ट्रपति पौडेलको अपिलपछि जेनजीका प्रतिनिधिहरू समेत वार्तामा बस्न सहमत भएका हुन्।

स्रोतका अनुसार वार्तामा नयाँ नागरिक सरकार गठनलगायत संवेदनशील विषयमा छलफल हुनेछ।वार्ताको व्यवस्थापन स्वयं नेपाली सेनाले मिलाएको हो।विद्यमान परिस्थिति र आगामी रणनीति तय गर्न मुख्यसचिव एकराज अर्याल,गृह सचिव,सेना तथा सुरक्षा निकायका उच्चअधिकारीका बीचमा निरन्तर छलफल भएको थियो ।

उनीहरुले जेन्जीसँग पनि वार्ता गर्ने विषयमा राष्ट्रपति पौडेलसंग छलफल गरेका थिए । मंगलबार नै नेपाली सेनाका प्रधानसेनापति एवम महारथी सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आव्हानन गरेका थिए ।