Close This

सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ गते हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२६ गते   १६६० पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते शनिबार हुने भएको छ । निर्वाचन समिति सर्लाहीले जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले सूचना जारी गरेको सुचना अनुसार फागुन २८ गते शनिबार मतदान हुने भएको हो ।
सो सूचना अनुसार २८ गते शनिबार जिल्ला सदरमुकाम मलंगवाको पब्लिक माध्यमिक विद्यालयमा मतदान हुने छ ।यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेकोमा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले मतदान नै स्थगित भएको थियो । इच्छ्याएको व्यक्तिले मत खसाल्ने, मतपत्रमा उम्मेदवारको नाम अगाडि राख्ने लगायतका विषयमा विवाद भएका कारण फागुन २३ गतेको अधिवेशनको निर्वाचन स्थगित भएको थियो ।
अल्फाबेट अनुसार जसको नाम अगाडि आउँछ, मतपत्रमा उसैको नाम अगाडि राखेर फेरि मतपत्र छापिने निर्वाचन अधिकृत सिंहले कमला टाइम्सलाई बताउनुभयो । उहाँका अनुसार अब गुट अनुसार उम्मेदवारहरुको नाम सुरुदेखि अन्तिमसम्म लस्करै नहुने भएको छ ।
विवादको अन्य इच्छ्याएको व्यक्तिले मत खसाल्ने लगायतका सम्बन्धमा पार्टीको विधान अनुसार हुने निर्वाचन अधिकृत सिंहले बताउनुभयो । उहाँले शनिबारसम्ममा नयाँ मतपत्र छाप्ने लगायतको तयारीको काम पूरा गरिने बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech