चोरीमा संग्लग्न पाँच जना पक्राउ

197 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित एक किराना पसलबाट रु १० लाख नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।पसलमा राखिएको नगद चोरी गरी फरार रहेका व्यक्ति काठमाडौँमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ नारायणखोला घर भई हाल काठमाडौँ महानगरपालिका–३२,कोटेश्वरमा बस्दै आएका अन्दाजी ३६ वर्षीय हिरालाल ब्लोन रहेका प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनी उक्त चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पछि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। चोरी भएदेखि फरार रहेका ब्लोनलाई प्रहरीले खोजतलास गरी राखेको थियो ।
त्यसैगरी,सर्लाहीकै गोडैताको एक घरबाट एक साताअघि भएको चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।गोडैता नगरपालिका–८,गोडैता टोल बस्ने नरेश मिश्रको घरबाट यही असोज १३ गते गरगहना चोरी भएको र उत्त चोरी कार्यमा संलग्न तीन नाबालक र चोरीको सामान किन्ने एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहल्े जनाएको छ ।
तर पक्राउ परेका नाबालकसहित चारै जनाको नाम प्रहरीले गोप्य राखेको छ।मिश्रको घरबाट रु पाँच लाख ८७ हजार दुई सय बराबरको सुनका गरगहना चोरी भएको थियो ।मिश्रको घरबाट चोरी गरेर बिक्री गरिसकिएको गरगहना समेत बरामद गरिएको जिल्ला प्रहशरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक देव प्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार