सर्लाहीको हरिपुर नगरपालिका २ मा जारी प्रथम हरिपुर गोल्डकपमा ब्रदर्श यूथ क्लब दुधौली सिन्धुलीलाई पराजित गर्दै टिएसपी फुटबल क्लब धनुषा सेमिफाईनलमा प्रवेश गरेको छ। ब्रदर्शमाथि ५–१ गोल प्रहार गर्दै टिएसपी सेमिफाईनलमा प्रवेश गरेको आयोजक नव संघर्षशील यूवा क्लब हरिपुरका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।उनका अनुसार हरिपुर नगरपालिका २ सानो जगतपुर खेल मैदानमा बिहीबार भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा ब्रदर्श विरुद्ध टिएसपीले ५–१ गोल प्रहार गरेको हो ।
खेलमा टिमका लागि दुई गोल गर्न सफल धनुषाका असिम भुजेललाई म्यान अफ द म्याच घोषणा गर्दै नगद रु एक हजार पाँच सय पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।आयोजकका अनुसार बिहीबारबाट सुरु भएको क्वाटरफाइनलका खेलहरुमा शुक्रबार आयोजक नव संघर्षशील यूवा क्लब हरिपुर र चिडियादह स्टार चन्द्रनिगाहपुर बिच खेल हुने छ ।धनुषाले अब प्रतियोगिताको फाइनल प्रवेशका लागि मंसिर २७ गते पहिलो सेमिफाइनल खेल एभरेष्ट फूटबल एकेडेमी लालबन्दीसँग खेल्ने छ ।
प्रतियोगितामा शुक्रबारको बिजेताले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा मंसिर २८ गते वीरगन्ज युनाइटेड पर्साको सामना गर्नुपर्ने आयोजकले जनाएको छ ।१० वटा टिमको सहभागीतमा सञ्चालित प्रतियोगिताको प्रतियोगिताको फाइनल खेल भने पुस १ गते हुने छ ।
हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ को आर्थिक सहयोगमा नव संघर्षशील यूवा क्लब हरिपुरले प्रतियोगिताको आयोजना गरेको हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जिायारले जानकारी दिए ।उनका अनुसार पुस १ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले रु एक लाख ५० हजार र उपबिजेताले रु ७५ हजार प्राप्त गर्ने छन्।पछिल्लो समय स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न भन्दै विभिन्न चरणका खेलकुद प्रतियोगिताहरु सञ्चालन भई रहेका छन् ।