स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्दै जिल्लास्तरीय वार्षिक समीक्षा सम्पन्न

183 Shares

सिन्धुलीमा सञ्चालन तथा कार्यान्वयन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै आगामी कार्यदिशा निर्धारण गर्न जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ ।बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय मातहतको जनस्वास्थ्य कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाभर सञ्चालित स्वास्थ्य कार्यक्रमको उपलब्धि,सेवा प्रवाहको अवस्था,चुनौती तथा आगामी योजना बारे छलफल गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिएका छन् ।
उनका अनुसार स्वास्थ्य सेवा प्रवाह,कार्यक्रम कार्यान्वयनका समग्र सूचक तथा प्रस्तुतिको कार्यसम्पादन मूल्यांकनका आधारमा गोलन्जोर गाउँपालिका सिन्धुलीका सबै नौ वटै स्थानीय तहहरुमध्ये उत्कृष्ट घोषित हुँदै प्रथम भएको छ।कमलामाई नगरपालिकाले दोस्रो तथा फिक्कल गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।गोष्ठीका अवसरमा उत्कृष्ट स्थान प्राप्त गर्ने स्थानीय तहसहित जिल्लाका सबै स्थानीय तहलाई उनीहरूको कार्यसम्पादन तथा मूल्यांकनका आधारमा प्रशंसा–पत्र प्रदान गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा र स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक डा.नरेन्द्र कुमार झा लगायतको विशेष उपस्थिति रहेको थियो ।
जिल्लाको स्वास्थ्य सेवा विस्तार तथा व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै सिन्धुली अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीलाई समेत कार्यक्रममा सम्मान गरिएको आयोजकले जनाएको छ ।स्वास्थ्य कार्यक्रम सञ्चालन तथा सेवा प्रवाहमा सहकार्य गर्दै आएका विभिन्न निजी तथा साझेदार संस्थाहरूलाई पनि सम्मान गरिएको छ।त्यसैगरी विद्यालय तहमा प्रत्यक्ष रूपमा स्वास्थ्य सेवामा खटिएका विद्यालय नर्सका प्रतिनिधिहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
समीक्षाबाट प्राप्त निष्कर्ष,अनुभव र सुझावलाई आधार बनाएर आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने स्वास्थ्य रणनीति तथा योजनाको प्रारम्भिक खाका तयार गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख पटेलले बताए ।

सम्बन्धित समाचार