पर्साको पटेर्वासुगौली गाउँपालिका सोनबर्षा स्थित भलुवाहि खोला नजिकबाट वनकर्मीहरुले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएका छन्।पटेर्वासुगौली गाउँपालिका १ सोनबर्षामा रहेको भलुवाहि खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ निकासी पैठारी गर्दै गर्दा ना ६ त ९१०७ र ना .५.त ५१०२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय वीरगन्ज पर्साका डिभिजन वन अधिकृत एवम प्रमुख मन्जुर अहमद्ले जानकारी दिए ।

उनका अनुसार सव डिभिजन वन कार्यालय रङ्गपुरको क्षेत्रबाट नदीजन्य पदार्थ निकासी पैठारी गर्दै गरेको ना ६ त ९१०७ ट्याक्टर अड्किपछि तान्दै गरेको अवस्थामा ना.५.त ५१०२ नम्बरको ट्याक्टरले तान्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।त्यस्तै पर्सागढी नगरपालिका ३ पकडियाबाट दुई क्युफिट काठको गोलिया बरामद गरेको छ । खेतबारीमा परालले छोपेर लुकाएर राखिएको अवस्थामा काठको गोलिया बरामद गरिएको सव डिभिजन वन कार्यालय,वड्निहारले जनाएको छ।वन गस्ती टोलीले दाउरा लोड गरिएको चार वटा साईकल समेत नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिएको ट्याक्टर र काठका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय वीरगन्ज,पर्साले जनाएको छ ।