Close This

प्रतिनिधिसभा विघटन बिरुद्ध जसपा सर्लाहीको विरोध प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   ३६४ पटक हेरिएको

प्रतिनिधिसभा विघटन बिरुद्ध जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्दै प्रतिनिधिसभा विघटन असंबैधानिक रहेको भन्दै विरोध प्रदर्शन गरेको जन्ता समाजवादी पार्टीका नेता एवम सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साहले बताउनु भयो ।
मसाल जुलुस सहितको विरोध प्रदर्शनमा असंबैधानिक कदम फिर्ता लिन माग गरिएको प्रतिनिधि सभा सदस्य साहले बताउनु भयो । प्रतिनिधि सभा विघटनको बिरोधमा क्षेत्र नं. १ स्थित लालबन्दी नगरपालिका १ नवलपुरमा मसाल जुलुससहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेको जसपा सर्लाहीका युवा नेता सुनिल साह (भान्जा)ले जानकारी दिनु भयो । मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधीसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी मुर्दावाद लगायतका नाराबजी गरेका थिए ।
मसाल जुलुसपछिको  कोण सभालाई सम्बोधन गर्दै नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनता,संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका छन् । उनीहरुले असंबैधानिक कदम फिर्ता नभएसम्म चरणबद्ध रुपमा बिरोधका कार्यक्रम जारि रहने उबताएका छन् ।
कार्यक्रममा जसपाको केन्द्रिय सदस्य संजय पासवान, लालबन्दी नगर अध्यक्ष अमिरी पासवान, जिल्ला सदस्य सिर्या रसाइली लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो । त्यस्तै असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सरकारविरुद्ध जनता समाजबादी पार्टीद्वारा सर्लाहीको हरिपुर्वा नगरपालिकामा पनि मसाल जुलुस प्रदर्शन गरिएको जसपा सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech