सर्लाहीको बागमती नगरपालिकाले जनयुद्ध दिवसका अवसरमा आज(बिहीबार)नगरभित्र सार्वजनिक बिदा दिएको छ।बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले एक सूचना जारी गरी आज(बिहीबार फागुन १ गते नगरभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । कार्य वाहक लामाले हस्ताक्षर गरी जारी गरेको सार्वजनिक बिदाको सूचनामा संघीय लोतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि परिवर्तन शुुभारम्भ भएको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसलाई उत्सवका रुपमा मनाउन बिदा दिइएको उल्लेख गरिएको छ।
नगर प्रमुख,उप प्रमुख,वडाध्यक्षसहित बहुमत सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएको बागमती नगरपालिकाले बागमती नगरपालिकाका बागमतीमा आज(बिहीबार)नगरपालिका,वडा कार्यालय,विद्यालयलगायत नगरपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।