चन्द्रनगरमा ८३ हजार सोहजन (मोरिङ्गा) वृक्षारोपण अभियान शुभारम्भ

353 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सोहजन (मोरिङ्गा)वृक्षारोपण अभियान शुभारम्भ गरिएको छ।चन्द्रनगर गाउँपालिका २ स्थित गौचरण बजारमा एक कार्यक्रमको आयोजना गरी सोहजन (मोरिङ्गा)को ८३ हजार विरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यता एवम अर्थ मन्त्री सुनिल कुमार यादवको विशिष्ट आथित्यतामा चन्द्रनगर गाउँपालिकाले“चन्द्रनगर सोहजन क्रान्ति अभियान”शुभारम्भ गरेको हो ।
प्रदेश सरकारले समेत बहुपयोगि सोहजन खेती विस्तारलाई उच्च प्राथमिकता दिएको कार्यक्रममा सहभागी भएका मन्त्रीहरुले बताए।अभियान अन्तर्गत पालिकाभित्र ८३ हजार सोहजन (मोरिङ्गा)का विरुवा वितरण एवम रोपण गर्ने योजना रहेको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए । 
फूलजोर–ईश्वरपुर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिकाको छ किलोमिटर सडकको दायाँ बाँया एक हजार दुई सय सोहजन (मोरिङ्गा)का विरुवा रोपिने चन्द्रनगर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए ।
उनका अनुसार सोहजन (मोरिङ्गा)को व्यवसायिक खेती गर्न चाहने कृषकहरुलाई जग्गाको क्षेत्रफलको आधारमा आवश्यक कागजात लिएर सोहजन (मोरिङ्गा)का विरुवा गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने छ। त्यस्तै करेसाबारीमा आफ्नो प्रयोगका लागि मात्रै रोप्न चाहने पालिकाबासीलाई समेत विरुवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार