दुधौली बजार अनुगमन म्याद गुज्रिएका अखाद्यबस्तु जफत

2.9k Shares

लकडाउनका वेला कृत्रिम अभाव एवं ठगी हुन सक्ने भन्दै सिन्धुलीको दुधौली नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । लकडाउनको समय दुधौली नगरपाकिलाले बजार अनुगमनका क्रममा म्याद गुज्रियका अखाद्य सामाग्री जफत गरेको छ ।

शुक्रकारउपभोक्ता हित संरक्षण समितिको पहलमा बजार अनुगमन टोली परिचालन गरिरहेको थियो ।उपभोक्ता हित संरक्षण समितिको संयोजक उपमेयर बाल कुमारी अधिकारी हुनुहून्छ । अनुगमन टोलिमा मेयर घनश्याम राउत, उपमेयर बाल कुमारी अधिकारी कार्यपालिका सदस्य, कर्मचारी र दुधौली नगर उद्योग बाणिज्य सघँका प्रतिनिधिको समेत उपस्थित रहेको थियो । टोलीले पछिल्लो दुई दिनमा किराना पसल, तरकारी तथा फलफूल पसल गरी १५ वटा भन्दा बढि पसलहरुमा अनुगमन गरेको नगरपालिकाका सुचना अधिकारी सागर अर्यालले जानकारी दिनुभयो ।

लकडाउनको समयमा व्यापारीहरुले अखाद्य बस्तु विक्रि गर्ने र कालो बजारी गर्ने जस्ता उपभोक्त हित विपरीत कार्य गर्ने भएकाले बजार अनुमगनलाई तिव्रता दिएको नगर प्रमुख घनश्याम राउतले बताउनु भयो । उपभोक्ता हित संरक्षण समितिको पहल भएको बजार अनुमगनले दुधौलीका खाद्यान्य पसलमा अनुगमनको जोड दिएको हो । अनुगमन टोलिले अनुगमनका क्रममा म्याद गुज्रीएको सामाग्री फेला पारेको थियो । समितिले आम उपभोक्तालाई सामाग्री खरीद गर्दा म्याद हेरेर मात्र खरीद गर्न समेत आग्रह गरेको छ ।

उपप्रमुख बालकुमारी अधिकारीका अनुसार लकडाउनको अवसर छोपेर जथाभावी मूल्य असुल्न थालेपछि बाजर अनुगमन गरिएको हो । उममेयर अधिकारीले भन्नु भयो,– ‘जथाभावी मूल्य असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न र कालोबजारी गर्नेलाई कारबाही गर्न निरन्तर बजार अनुगमन हुन्छ ।’

सम्बन्धित समाचार