सांसद सिंह र गा.पा. अध्यक्ष यादवमाथी भएको दुव्र्यवहार तथा हत्याको प्रयासको घटनाको छानविन गरी कार्बाही गर्न नेपाल विद्यार्थी संघ सर्लाहीको माग

181 Shares

सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंह र कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव माथि भएको दुव्र्यवहार तथा हत्याको प्रयास लगायतका घटनामा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ सर्लाहीको ध्यानाकर्षण भएको छ ।सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.सिंह र कौडेना गाउँपालिकाका अध्यक्ष यादवमाथी भएको दुव्र्यवहार तथा हत्याको प्रयास लगायतका घटनाको वास्तविकता पत्ता लगाई दोषी माथि आवश्यक कानुनी कार्यवाहीको माग गर्दै नेपाल विद्यार्थी संघ सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
२०८० कात्तिक ८ गते मंगलबार राती करिब साढे १० बजे कौडेनाका गाउँपालिकाका अध्यक्ष यादव माथि कौडेना गाउँपालिका २ इनर्वामा आफ्नै घरमा गोली प्रहार भएको तथा गत मंसिर ५ गते मंगलबार सर्लाहीको मधुवनी–नयाँरोड सडक खण्ड अन्तर्गत सेखौना गाउँको आसपास सर्लाही क्षेत्र न–४ का प्रतिनिधि सभा सदस्य डा.सिंह सवार सवारी साधनलाई ठक्कर दिने र गाली गलौज गर्ने घटनाको बारेमा निश्पक्ष छानविन गरी दोषी उपर कानुनी कार्बाहीको माग गर्दैै नेपाल विद्यार्थी संघ सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाएको हो ।
उक्त दुवै घटना वास्तविक हुन वा होईनन् भनने विषयमा प्रहरी प्रशासन समेत मौन देखिएका भन्दै नेपाल विद्यार्थी संघ सर्लाहीले घटनाको वास्तविकता पहिचान गरी वास्तविक घटना भए दोषी उपर कानुन कार्बाही र कृतिम प्रकृतिको नियतवश बनावटी घटना बनाइएको हो भने आरोप लगाउनेहरु माथि यथाशीघ्र कानुनी कार्बाही गर्न विज्ञप्ति मार्फत नेपाल विद्यार्थी संघ सर्लाहीले माग गरेको छ ।

सम्बन्धित समाचार