सर्लाहीको गोडैता नगरपालिका १२ मधुुवनी गाउँस्थित सडक खण्डबाट लागूऔषध सेतो हिरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।गोडैता नगरपालिका १२ मधुुवनी गाउँस्थित सडक खण्डमा मोटरसाइकलमा भारतको मेजरगन्जबाट मधुवनीतर्फ आउँदै गरेको अवस्थामा प्रदेश–०३–००५ प ५२६२ नम्वरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा ५२ ग्राम पाँच सय १० मिलीग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ बरामद् भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ५२ ग्राम पाँच सय १० मिलीग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ सहित दुुई युवालाई नियन्त्रणमा लिइएको हो । ५२ ग्राम पाँच सय १० मिलीग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ परेका युवाहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन् ।
त्यसैगरी करिब एकसाता पहिला ईलाका प्रहरी कार्यालय बरहथवाले लागु औषध सहित पक्राउ गरेका मानिसहरुको विवरण एक साता हुँदा समेत खुलाएको छैन् ।पक्राउ परेका मानिसहरुको सवालमा प्रहरीले अन्य अनुसन्धानको बाहनामा विवरण लुकाउने र कमिसन डिल गर्ने र डिल मिले विवरण सार्वजनिक नगर्ने साथै अदालतमा फाईल बुझाउँदा सहज बनाएर बुझाउने गरेको र डिल नमिले विवरण समेत सार्वजनिक गर्ने साथै फाईल अलीबढी बढाई चढाई गरेर बुझाउने गरेको एक प्रहरी अधिकारीले बताए ।