सर्लाहीका ९० जना उम्मेदवारहरुले खोले छुट्टै बैंक खाता,४१ जनाको खाता खुल्न बाँकी

187 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले बैंक खाता खोल्न अटेर गरेका पाईएको छ ।अनिवार्य रुपमा छुट्टै बैंक खाता खोल्नका लागि उम्मेदवारहरुलाई निर्वाचन आयोगले आग्रह गरेपनि सर्लाहीका ४१ जना उम्मेदवारहरुले खाता नखोलेका पाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार सर्लाहीका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा विभिन्न २६ राजनैतिक दलका र स्वतन्त्र गरी एक सय ३१ जनाको उम्मेदवारी रहेको छ।एक सय ३१ जना उम्मेदवारहरु मध्ये शुक्रबार सम्म ९० जना उम्मेदवारहरुले छुट्टै बैंक खाता खोलेको विवरण पेश गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए।उनका अनुसार अझै ४१ जना उम्मेदवारहरुले छुट्टै बैंक खाता खोलेका छैनन् ।
प्रत्येक उम्मेदवारहरुलाई बैंक खाता खोल्नका लागि फोनमार्फत पटकपटक ताकेता गरिएको कोष तथा लेखा नियन्त्रक पदम् पौडेलले जानकारी दिए।उनका अनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा छुट्टै बैंक खातामार्फत जम्मा र खर्च गर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचार