नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय धनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिनु भएको छ । अध्यक्ष ओलीले भुसाल र पाण्डेलाई कारबाही गरेपछि असन्तुष्टि जनाउँदै सचिव भट्टराईले नेपालमा विद्वान, इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुने गरेको टिप्पणी गर्नु भयो ।
सचिव भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘ऋृषिमुनि र बुद्धको ज्ञान भूमि अनि माक्सवादको उर्वर भूमि नेपालमा आजकाल विद्वान,इमान्दार र नैतिकवानहरुमाथि कारबाही हुने गरेको बताउनु भयो । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने समय आएको भन्दै सचिव भट्टराईले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओलीले नेताद्धय भुसाल र पाण्डेलाई कार्बाही गरेर भुल गरेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा कमरेड भुसनल र पाण्डेमाथी भद्दा मजाक गरिएको बताउनु भयो ।