Close This

मधेस प्रदेश सभामा सर्लाहीका चार नयाँ र चार पुराना अनुहार निर्वाचित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१२ गते   ९९४ पटक हेरिएको

सर्लाहीबाट मधेस प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारहरु निर्वाचित हुनु भएको छ । जिल्लाबाट मधेश प्रदेश सरकारमा फरक दल,फरक समुदाय,फरक उमेर र फरक वर्गको प्रतिनिधित्व देखिने भएको छ ।
जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ८  सहित मधेश प्रदेशका ८ वटैजिल्लाबाट ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा १ सय ७ जना प्रदेशसभा सदस्य निर्वाचित हुनु हुनेछ ।भने २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित केही प्रदेश सभा सदस्यहरु यस पटक पनि पुनः दोहोरिनु भएको छ । भने पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ। 
मधेश प्रदेश सरकारका महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह,प्रदेश सभा सदस्य उपेन्द्र महतो,बेची लुङ्गेली र संजय यादव यस पटक प्रदेश सभामा दोहोरिनु भएको छ भने जंगिलाल राय,कौशल किशोर राय,फकिरामहतो र जवाहरलाल कुशवाह यस पटक नयाँ निर्वाचित हुनु  भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी नयाँ निर्वाचित हुनु भएको हो भने प्रदेश सभा  सदस्यमा क्षेत्र नम्बर २ प्रदेश सभा (१) बाट जंगिलाल राय र प्रदेश सभा २ बाट कौशल किशोर राय,क्षेत्र नम्बर ३ को प्रदेशसभा (१)बाट जवाहरलाल कुशवाह र क्षेत्र नम्बर ४ को प्रदेश सभा २ बाट फकिरा महतो नयाँ अनुसार निर्वाचित हुनु भएको हो ।
जिल्लाबाट ४ जना प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभएको हो भने  क्षेत्र नम्बर १ बाट चौधरी प्रतिनिधि सभासदस्यमा निर्वाचित हुनु भएको हो । क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट लोकतान्त्रीक समाजपवादी पार्टी(लोसपा)का उपेन्द्र महतो,१ प्रदेशसभा ख बाट नेकपा.एकिकृत समाजवादी) पार्टीबाट बेची लुङ्गेली,क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट जनता समाजवादी पार्टी(जसपा)का सञ्जय कुमार यादव र ४ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद सिंह प्रदेशसभामा पुनः निर्वाचित हुनु भएको  जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसका सिंह यसअघि मधेश प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत हुनुभएको थियो । 
नयाँ अनुहार को को छन् ?
जिल्लाको क्षेत्र नम्बर १ बाट लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का राम प्रकाश चौधरीको प्रतिनिधि सभामा यात्रा पहिलो हो भने क्षेत्र नम्बर २  प्रदेशसभा १ बाट निर्वाचित नेपाली कांग्रेसका जंगिलाल राय,प्रदेश सभा २ बाट कौशल किशोर राय,क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट स्वतन्त्र तर्फबाट जवाहरलाल कुशवाह रक्षेत्र नम्बर ४ को प्रदेश सभा २ बाट माओवादी केन्द्रका फकिरा महतोको प्रदेशसभामा यो पहिलो यात्रा हो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech