Close This

मरिण गाउपालिका ४ को कार्यालय भवन शिलान्यास,गाउँपालिका भने भाडा कै घरमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१८ गते   ३९९ पटक हेरिएको

सिन्धुलीको मरिण गाउपालिका ४ को आफ्नै कार्यालय भवन निर्माण हुने भएको छ । मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले वडा कार्यालय भवनको एक औपचारीक कार्यक्रमका बीच शिल्यान्यास गर्नु भएको  हो ।रु ९३ लाख ६५ हजार १ सय ८३ रुपैयाँ लागतमा मरिण गाउपालिका ४ को साहानमा वडा कार्यालय भवन निर्माण हुने गाउापालिकाले जनाएको छ ।
उपभोक्ता समिति मार्फत निर्माण हुने भवन यसै आर्थिक बर्षको जेठ मसान्तसम्ममा सम्पन्न हुने मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनु भयो । साढे दुई तलाको भवनमा ८ ओटा कोठाहरु रहने गाउँपालिकाले जनाएको छ ।
वडा कार्यालय शिलान्यास कार्यक्रममा मरिण गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेल, वडा नं. ४ का वडाअध्यक्ष धन बहादुर स्याङतान लगायत जनप्रतिनिधहरुका साथै  स्थानियबासीको उपस्थितब्ी रहेको थियो ।
हाल मरिण गाउपालिका ६ र ७ को  वडा कार्यालयको  मात्रै आफ्नै भवन रहेको छ । भने वडा नं.१,२,३ र ५ का वडा कार्यालयहरु भाडाको घरबाटै संचालन हुदै आएका मरिण गाउँपालिका ३ का वडा अध्यक्ष विमर्श मोक्तान(प्रख्यात) ले जानकारी दिनु भयो ।
गाउपालिका कार्यालय पनि हाल सम्म भाडाकै घरमा सञ्चालनमा रहेको छ । गाउपालिकाको भवन निर्माणको अन्तिम चरणमा रहेकाले आगामी दुई महिना भित्रमा निर्माण सम्पन्न भई सोही भवनबाट सेवा प्रवाह गर्ने योजना रहेको गाउपालिकाको योजना छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech