सर्लाहीमा हात्तीपाइलेको औषधी खुवाउन सुरु, ८ लाख २४ हजार जना लक्ष्य

87 Shares

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत सर्लाही सहित मधेश प्रदेशका आठै जिल्लामा आज(आइतबार)बाट औषधी सेवन अभियान सुरु भएको छ।करिब आठ लाख व्यक्तिलाई औषधी खुवाउने लक्ष्य सहित आज(आईतबार)बाट अभियान सुरु भएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाले जानकारी दिए ।उनका अनुसार जिल्लाका २० वटै पालिकामा गरि आठ लाख २४ हजार छ सय ७१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो ।
जिल्लाभर एकैसाथ आज(आइृतबार)देखि सुरु भएको आम औषधी सेवन अभियान बैशाख २९ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।आज(आईतबार) जनप्रतिनिधिहरु र कर्मचारीहरुलगायत भएर औषधी सेवन गरी अभियानको सुरु गरिएको कार्यालयले जनाएको छ ।
दुई वर्ष उमेर नपुगेका बालबालिका,गर्भवती,सात दिनसम्मका सुत्केरी,छारे रोगको समस्या भएका व्यक्ति,सिकिस्त बिरामी,अस्पताल भर्ना भएका बिरामी,जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका व्यक्ति र मिर्गौला रोगको लागि डायलाइसिस गरिरहेका बिरामीले हात्तीपाइले विरुद्धको औषधी सेवन गर्न नहुने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले बताए ।
गाउँ,बस्तीमा एक व्यक्तिले औषधी नखाइदिँदा अन्य व्यक्तिमा हात्तीपाइले रोग सार्ने जोखिम हुने भएकाले आफू र आफ्ना छरछिमेकी सबैलाई औषधी खान प्रोत्साहन गर्नु पनि लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मिकरानीले आग्रह गरे ।उनका अनुसार हात्तीपाइले विरुद्धको औषधी खाएपछि केही व्यक्तिमा ज्वरो आउने,वान्ता हुने, रिङ्गाटा लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु पर्दैन् ।
हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन  जिल्लाभर पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय ५६ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।सर्लाहीसहित महोत्तरी,धनुषा,रौतहट,झापा,कपिलवस्तु र रसुवामा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान संचालन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार