Close This

सर्लाहीमा सोमबार १२० जना कोरोना संक्रमित थपिए, अब जिल्लामा ३६९ कोरोना संक्रमित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२६ गते   ३०६ पटक हेरिएको

सर्लाहीमा आज (सोमबार) मात्रै १२० जना कोरोना भाईरसका संक्रमित थपिएको पुष्टी भएको छ । योसँगै सर्लाहीमा अब कोरोना संक्रमितको संख्या ३६९ जना पुगेको छ । सोमबार मात्र सर्लाहीमा १२० जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिनु भयो ।
 प्रजिअ जिसीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टी गरेकोमा ब्रम्हपुरी गाउँपालिकामा ४३, विष्णु गाउँपालिकामा ३४, ईश्वरपुर नगरपालिकामा १८, चक्रघट्टा गाउँपालिकामा १५, बलरा नगरपालिकामा ९ र रामनगर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका १२० जना कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेका प्रजिअ जिसीले बताउनु भयो ।
चक्रघट्टा गाउँपालिकामा आईतबार नै जनकपुरबाट १४ जना पोजेटिभ भन्ने खबर आएपनि सोमबार १५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार थपिएका स्थानिय निकायहरुमध्ये छिमेकी देश भारतसंग सिमाना जोडिएका विष्णु गाउँपालिका, ब्रम्हपुरी  गाउँपालिका र बलरा नगरपालिका रहेका छन ।  भने बाँकी स्थानिय निकायहरु उत्तर तर्फका रहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech