Close This

निषेधाज्ञाको समयमा पनि नदी दोहन तिब्र

रासस    प्रकाशित: २०७७-५-२० गते   २५० पटक हेरिएको

जिल्लामा  निषेधाज्ञाको नाममा सर्वसाधारणलाई अनावश्यक रुपमा हिँड्डुल गर्न समेत प्रतिबन्ध गरिएको समयमा नदी दोहन निरन्तर भई रहेको छ । खाद्यान्न तथा दैनिक अति आवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिएको अवस्थामा जिल्लाका विभिन्न नदीहरुबाट निर्बाध रुपमा नदी दोहन भइ रहेको छ ।
 असार,साउन र भदौमा नदी जन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भएपनि‘ के गर्ने के नगर्ने ’ भन्दै प्रहरी र स्थानिय निकायको तालमेलबा बिच नदी जन्य पदार्थ दोहन भई रहेको बुझिएको छ ।
दिउँसो थोरै मात्रामा माल बाहक सवारी साधनले  नदी दोहन गरेपनि रातको समयमा सयोँको संख्यामा नदीमा पस्ने र नदी जन्य पदार्थ निकासी गर्ने गरेका छन ।जिल्लाको चापीनी,लखनदेही,कालीन्जोर फुजोर तथा बाँके खोलमा यसरी नदी जन्य पदार्थ निकासी पैठारी भईरहँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।
आफुहरुले आफ्नो घर बनाउन १÷२ टिप बालुवा निकाल्ने गरेको भएपनि प्रहरीले अनोकौँ बाहना बनाएर दुख दिने गरेको तर व्यवासायीहरुले व्यावसायिक रुपमा नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन बसेको भन्दै स्थानिय सर्वसाधारणले आलोचना गरेका छन् ।
प्रहरीले देखे सुनेका त्यस्ता खालका सवारी साधनलाई नियन्त्रणमा लिने गरेको भएपनि केही घण्टामै छाड्ने गरेको छ । प्रहरीले गरीब किसानको पेटमा आफुहरुले लात हान्न नसक्ने बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech