Close This

लालबन्दीबाट ५ किलो गाँजा सहित चौधरी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२९ गते   १२७ पटक हेरिएको

सर्लाहीको लालबन्दीबाट एक जनालाई लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका ५ का घन वहादुर सार्कीको घरमा डेरा गरि वस्ने एकजनालाई ५ किलो गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कयार्यालय  लालबन्दीका प्रहरीप्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिनु भयो ।
लालबन्दी नगरपाकिला ५ का सार्कीको घरमा डेरा गरी बसेका आफ्ना साथी दिलिप साहको कोठामा मलगंवा नगरपालिका ९ का ४९ वर्षीय वीरेन्द्र चौधरीलाई लागूऔषध गाँजा ५ किलो सहित पक्राउ गरिएको प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।
 ईलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार चौधरीलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडि बढाईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech