पूर्व भुमि सुधार राज्य मन्त्री रायको हत्यामा संग्लग्न रहेको आशंकामा पक्राउ परेका २ जना सार्वजनिक

438 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका १ स्थित रतनपुर निवासी पूर्व भुमि सुधार राज्य मन्त्रीको हत्यामा संग्लग्न रहेका दुई जना आरोपितलाई सर्लाही प्रहरीले सार्वजनिक गरेको छ।साउन ४ गते राती अन्दाजी वर्ष ८१ का पुर्व भुमि सुधार राज्य मन्त्री रामचन्द्र राय यादवको आफ्नै घरमा सुति रहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
पुर्व भुमि सुधार राज्य मन्त्री रायको हत्याको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका कविलासी नगरपालिका ३ भई हाल चन्द्रनगर गाउँपालिका १ रतनपुर नै बस्ने अन्दाजी वर्ष २५ का राम उजैन राय र चन्द्रनगर गाउँपालिका १ रतनपुर निवासी अन्दाजी वर्ष ४६ का विरेन्द्र रायलाई सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह,मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम  नायव महानिरिक्षक यज्ञ विनोद पोख्रेल सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत प्रहरी टोली खटिएर घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरेको थियो ।
अनुसन्धनको क्रममा कविलासी नगरपालिका ३ भई हाल चन्द्रनगर गाउँपालिका १ रतनपुर नै बस्ने अन्दाजी वर्ष २५ का राम उजैन र चन्द्रनगर गाउँपालिका १ रतनपुर निवासी अन्दाजी वर्ष ४६ का विरेन्द्रको संग्लग्नता देखिएकाले उनीहरुलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर(कर्तव्य ज्यान)मुद्दामा म्याद लिई थप अनुसन्धान कार्य सुरु भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंहले बताए ।

सम्बन्धित समाचार