Close This

बसबरिया ३ र बरहथवा १३ मा ग्याँस चुल्हो वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१९ गते   ५१८२ पटक हेरिएको

ग्याँस चुल्हो वितरण गर्नु हुँदै महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री सिंह

सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानिपुर र बरहथवा नगरपालिका १३ सुन्दरपुर चोहर्वामा ग्याँस चुल्हो वितरण गरिएको छ । बसबरिया गाउँपालिका ३ भवानिपुर र बरहथवा नगरपालिका १३ सुन्दरपुर चोहर्वामा मधेश प्रदेश सरकारको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा ३ सय जनालाई ग्याँस चुल्हो वितरण गरिएको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो । स्वकीय सचिव त्रिपाठीका अनुसार मन्त्री सिंहले लामो समयदेखि गुइँठाको प्रयोग गरि रहेका स्थानियको जीविकामा केही सहजता प्रदान गर्दै गुईँठा विस्थापित गर्न ग्याँस चुल्हो वितरण गर्नु भएको हो ।
मधेश प्रदेश सरकारको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री सिंहका अनुसार बसबरिया गाउँपालिका ३ भवानिपुर र बरहथवा नगरपालिका १३ सुन्दरपुर चोहर्वामा ग्याँस चुल्हो विस्थापित गर्ने उद्देश्यले ८ सय ६५ घरधुरीलाई ग्याँस चुल्हो वितरण गरिने बताउनु भयो ।
प्रत्येक घरलाई भरिएको ग्याँस सिलिण्डर,चुल्हो,पाइप,रेगुलेटर र लाइटर प्रदान गरिने मन्त्री सिंहले बताउनु भयो । उहाँले त्यस क्षेत्रमा अधिकांशले गुइँठा बालेर खाना पकाउने गरेकाले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले स्थानिय नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै ग्याँस चुल्हो वितरण गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech