संशोधित मालपोत ऐनको धज्जी उडाउँदै लाइसेन्स नलिई घरजग्गा कारोबार,कारोवारको र क्षेत्रको छैन सिमा सर्लाहीमा

95 Shares

इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गर्न नपाइने व्यावस्था भएपनि सर्लाही सहित देशैभरी यस्तो कारोबार भई रहेको पाइएको छ ।लाइसेन्स नलिई घरजग्गा कारोबार गरे रु २५ लाख जरिबाना र ६ महिना कैद हुने व्यावस्था भएपनि सर्लाहीमा अ‍ेतीयोग्य जमिन कित्ताकाट गरि विना लाईसेन्सका मानिसहरुले दलालको रुपमा काम गरि रहेका भएपनि सरोकारवाला निकाय मौन देखिएको छ ।
यसरी जग्गाको कित्ता काट र कारोबार गर्नेहरुको संख्या सार्लहीमा करिब एक सय ५० भन्दा बढी रहेको भएपनि कमिसनको लोभमा सरोकारवाला निकायहरु मौन देखिएका छन् ।इजाजतपत्र बिना घरजग्गा कारोबार गर्न नपाइने गरी मालपोत ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको भएपनि तिनै मालपोत तथा नापी कार्यालयहरुको मिलेमतोमा सर्लाहीका खेतीयोग्य जमिन टुक्रा टुक्रा हुँदा समेत जिल्लामा रहेका तीनवटा मालपोत तथा नापी कार्यालयहरु मौन देखिएका छन् ।
उनीहरु मौन मात्रै छैन्न घरजग्गा कारोवारीहरुको कमिसनका कारण कार्यालय समय भन्दा पनि बढी समय र सार्वजनिक विदाको दिनमा पनि काम गरेको देखाउन उनीहरु लागि परेका छन् । सर्व साधारणहरुले अंश वण्डा समेत लिएर जाँदा विभिन्न बखेडा झिकेर अनावश्यक दुःख दिने यी कार्यालयहरु घरजग्गा कारोवारी तथा दलालहरु कार्यालयमा पुगेपछि खुसीका साथ कुनै वाधा व्यावधान सृजना नगरि काम गरि दिने गरेका एक जग्गा कारोवारीले नै बताएका छन् ।
संघिय सरकारको प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक,२०८० पारित गरेको भएपनि काम चोर कर्माचारीहरुका साथै घरजग्गा दलालहरुलाई यसले कुनै फरक पारेको छैन् ।उक्त विधेयक मार्फत मालपोत ऐन संशोधन गर्दै सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको भएपनि सर्लाहीमा न कुनै सिमा तोकिएको छ । न कुनै कारोवारको सिमा अनुसार काम भएको छ ।

सम्बन्धित समाचार