रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोग र पुनस्र्थापनाका लागि सर्लाहीको ईश्वरपुर नगरपालिका– ६ बयलबास बजारमा राहत सामग्री संकलन अभियान सञ्चालन भइरहेको छ।विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको अभियानमा स्थानीय,व्यवसायी,युवा तथा विभिन्न सामाजिक संघ÷संस्थाले सक्रिय देखाएका छन् ।
ईश्वरपुर नगरपालिका,लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्स र बजार व्यवस्थापन समिति ईश्वरपुरको संयुक्त पहलमा सञ्चालित अभियान अन्तर्गत खाद्यान्न,कपडा, कम्बल,सरसफाइका सामग्री,औषधी तथा अन्य आवश्यक वस्तु संकलन भइरहेको छ।संकलित सामग्री भोटेकोशी बाढीबाट प्रभावित परिवारसम्म पु¥याइने लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्सका अध्यक्ष एवम लालबन्दी मोडल अस्पतालका सञ्चालक डा.आलोक कुशवाहाले जानकारी दिए ।
उनका अनुसार बाढीबाट ठूलो क्षति व्यहोरेका नागरिकको पीडामा मल्हम लगाउन अभियानमा सहभागी हुन सर्वसाधारणसँग अपिल गरिएको छ।विपद्को समयमा गरिने सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत दिन सक्छ भन्ने उद्धेश्यका साथ राहत संकलन अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
यसैबीच,बाढी पीडितको सहयोगार्थ बयलबास बजारमा वृहत् रक्तदान कार्यक्रम पनि आयोजना गर्ने आयोजकले जनाएको छ।विपद्का बेला घाइते तथा बिरामीको उपचारका लागि अस्पतालमा रगतको माग बढ्न सक्ने भएकाले समयमै रगतको व्यवस्थापन गर्न रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो। “मानवता बचाऔँ,सहयोगको हात बढाऔँ,रक्तदान गरौँ–जीवन बचाऔँ”भन्ने भावनाका साथ अघि बढाइएको अभियानले बाढी पीडितलाई तत्काल आवश्यक सहयोगसँगै मनोबल र आशा समेत प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।