पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर चोकबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।मधेश प्रदेश ०३–०३१ प ४३९२ नम्बरको मोटरसाईल,मधेश प्रदेश ०३–०१० प ७१९८ नम्बरको मोटरसाईकल र ज ३ प ४७२९ नम्बरको मोटरसाइकल सहित लालबन्दी नगरपालिका–११ का अन्दाजी वर्ष २७ का विकेश कुमार राम र हरिवन नगरपालिका–२ का अन्दाजी वर्ष १९ का नितेश महत्तोलाई ४८ बोतल लागु औषध कोरेक्स सहित नियन्त्रणमा सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झोलाभित्र ४० बोतल कोरेक्स र मधेश प्रदेश ०३–३१ प ४३९२ नम्बरको मोटरसाईकलको सिटभित्र आठ बोतल कोरेक्स गरी कुल ४८ बोतल लागूऔषध कोरेक्स ईलाका प्रहरी कार्यालय लालबन्दी र लागु औषध व्युरोको टोलीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंका लागि मोटरसाईकललाई रोकी चेकजाँच सुरु गरेपछि ७१९८ नम्बरको मोटरसाइकलका चालक मोटरसाईकल छाडेर भागेका छन् ।