मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा पछिल्लो समय वनजन्य पदार्थको चोरी तस्करी तथा निकासी पैठारीलाई न्यूनिकरण गर्ने अभियान सञ्चालन भई रहेको समयमा बारा र रौतहटको उत्तरी क्षेत्रमा वनकर्मीहरु कै मिलेमतोमा वनजन्य पदार्थको तस्करी बढेको पाइएको छ ।वनजन्य पदार्थको चोरी तस्करी न्यूनिकरण गर्न भन्दै विभिन्न किसिमका सवारी साधनहरुमा गस्तीमा निस्केका वनकर्मीहरु कै मिलेमतोमा साईकल,मोटरसाईक र अटो रिक्साहरुमा वनजन्य पदार्थको चोरी तस्करी हुने गरेको पाइएको स्थानीयले बताएका छन्।मोटरसाईकलमा गस्ति गर्ने वनकर्मीहरुले साईकल,मोटरसाईकल र अटोे रिक्सा चालकहरुसंग अनधिकृत रुपमा लाभ लिएर वनजन्य पदार्थको चोरी तस्करीलाई अनदेखा गर्ने गरेका स्थानीयको आरोप छ ।जसका कारण दिनप्रतिदिन वन विनाश हुँदै गएको छ ।
प्रत्येक दिन साईकल,मोटरसाईकल र अटोरिक्सा मार्फत राष्ट्रिय वन क्षेत्रबाट सालको गोलिया र दाउरा लाने क्रममा डिभिजन वन कार्यालय बारा र रौतहटबाट मोटरसाईकलमा वनगस्तिमा निस्केका वनकर्मीहरुको टोलिले प्रत्येक साईकल,मोटरसाईक र अटो रिक्सा चालकहरुसंग कमिसन असुलेर छाड्ने गरेका कारण दिन प्रतिदिन वन विनाश हुँदै गएको स्थानीय बताउँछन् ।
बारा र रौतहटको उत्तरी क्षेत्रको चुरे फेदीको समथर भूभागमा वनकर्मीहरु र बिचौलियाको मिलोमतोमा राष्ट्रिय वन फडानी हुने गरेको स्थानीयको भनाई छ।बारा ररौतहटको उत्तरी चुरे क्षेत्रको मरथर भुभाग प्रत्येक वर्ष अतिक्रमण हुनुमा डिभिजन वन कार्यालय बारा र रौतहटकै केहि वनकर्मीहरुको हात रहेको स्थानीयको आरोप छ ।स्थानीयका अनुसार अतिक्रमण गरेको आरोप लगाउदै डिभिजन वन कार्यालय बारा र रौहतटका वनकर्मीहरुले गाई बस्तु चराउन र घाँस दाउरा गर्न जाने निर्दोष मानिसहरुलाई नियन्त्रणमा लिने तर साईकल,मोटरसाईकल र अटो रिक्सामा दाउरा भन्दै चौकट हुने गोलिया काठ सहजै तस्करी हुँदा पनि अनदेखा गर्ने गरेका कारण वन विनाश हुँदै गएको हो ।
बारा र रौहतटको उत्तरी क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा दैनिक सयौं साईकल,मोटरसाईकल र अटोरिक्सा प्रवेश गर्ने र काठ दाउरा बजार सम्म लैजाने गरेका छन् ।घाँस दाउराका लागि वन गएका स्थानीयले लगेका हंसिया र बन्चरो वनकर्मीहरुको टोलीले नियन्त्रणमा लिने र स्थानीयलाई धम्क्याउने गरेका बाराको सिगौलका स्थानीय वसन्त लामाले बताए।“हामीहरुलाई घाँस दाउँरा लिन जाँदा पनि वनकर्मीहरुले हाम्रो हंसिया तथा साना बन्चराहरु नियन्त्रणमा लिन्छन् हामीलाई धम्क्याउँछन् तर काठ तस्करहरुबाट कमिसन असुलेर वन विनाश कार्यमा वनकर्मीहरु नै सक्रिय हुन्छन।यसको अनुगमन तथा नियमन कसले गर्ने”लामाले बताए।उनका अनुसार साईकल,मोटरसाईकल र अटो रिक्सा तथा मयुरीहरुसंगबाट मोटरसाईकलमा वन गस्तीमा रहेका वनकर्मीहरुको टोलीले रु ५० देखि दुई सय सम्म रकम असुल्ने गरेका छन् ।
यता,साईकल,मोटरसाईकल र अटो रिक्सा तथा मयुरीहरुसंगबाट मोटरसाईकलमा वन गस्तीमा रहेका वनकर्मीहरुको टोलीले रु ५० देखि दुई सय सम्म रकम असुल्ने गरेका छन्।भन्ने गुनासो आएको वास्तविकता के हो ? भन्ने हाम्रो प्रश्नमा डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख एवम डिभिजन वन अधिकृत राजिव झाले त्यस प्रकारको गतिविधिका कोही वनकर्मीहरु संग्लग्न पाइएमा हदै सम्मको कार्बाही गर्ने बताए।उनले स्थानीयलाई घाँस दाउरा लिन जाँदा त्यस प्रकारको दुःख दिने काम भएको छ भने त्यो राम्रो भएन साथै यस प्रकारका गतिविधिहरु वनकर्मीहरुले गरेको पाइए आफुलाई खरब गर्न स्थानीयसंग उनले आग्रह गरे ।
त्यस्तै,साईकल,मोटरसाईकल र अटो रिक्सा तथा मयुरीहरुसंगबाट मोटरसाईकलमा वन गस्तीमा रहेका वनकर्मीहरुको टोलीले रु ५० देखि दुई सय सम्म रकम असुल्ने गरेका छन्।भन्ने गुनासो आएको वास्तविकता के हो ? भन्ने हाम्रो प्रश्नमा डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख एवम डिभिजन वन अधिकृत राजिव झाले त्यस प्रकारको गतिविधिका कोही वनकर्मीहरु संग्लग्न पाइएमा हदै सम्मको कार्बाही गर्ने बताए।उनले स्थानीयलाई घाँस दाउरा लिन जाँदा त्यस प्रकारको दुःख दिने काम भएको छ भने त्यो राम्रो भएन साथै यस प्रकारका गतिविधिहरु वनकर्मीहरुले गरेको पाइए आफुलाई खबर गर्न स्थानीयसंग उनले आग्रह गरे ।
यता,साईकल,मोटरसाईकल र अटो रिक्सा तथा मयुरीहरुसंगबाट मोटरसाईकलमा वन गस्तीमा रहेका वनकर्मीहरुको टोलीले रु ५० देखि दुई सय सम्म रकम असुल्ने गरेका छन्।भन्ने गुनासो आएको वास्तविकता के हो ? भन्ने हाम्रो प्रश्नमा डिभिजन वन कार्यालय चपुर,रौतहटका प्रमुख एवम डिभिजन वन अधिकृत हेमन्त साहले अहिलेको परिस्थितिमा त्यसरी रकम असुली गर्न सम्भव छ र ? भन्दै प्रति प्रश्न गरे ।
“गुनासो गर्ने मानिस नै काठ तस्करीमा संग्लग्न रहेको र उसले काठ तस्करी गर्न नपाएका कारण बाहिर अनावश्यक प्रचार बाजी गरेको हो । डिभिजन वन कार्यालय चपुर,रौतहटका प्रमुख एवम डिभिजन वन अधिकृत साहले बताए ।साथै उनले डिभिजन वन कार्यालय चपुर,रौतहट मातहतका कुनैपनि कर्मचारीहरुले त्यस प्रकारको गतिविधि गरेको पाइएमा हदै सम्मको कार्बाही गर्ने समेत बताए।उनले स्थानीयलाई घाँस दाउरा लिन जाँदा त्यस प्रकारको दुःख दिने काम भएको छ भने त्यो राम्रो भएन साथै यस प्रकारका गतिविधिहरु वनकर्मीहरुले गरेको पाइए आफुलाई खबर गर्न स्थानीयसंग उनले आग्रह गरे ।