भूमिहिन सुकुुम्वासीहरुलाई हाल बसोवास गरिरहेकै स्थानमा बसोवास गर्न दिन राष्ट्रिय भूमि अधिकार मन्च नेपाल सर्लाहीले माग गरेको छ।भूमिहिन एवम अव्यवस्थित बसोवासीले वर्षौदेखि आवाद् कमोत् गर्दै आएका जग्गामा नै स्थायी बसोवास गराउन माग गर्दै मन्चकी अध्यक्ष भवानी घिमिरेले एक विज्ञप्ती जारी गरेकी छन् ।पछिल्लो समय सरकारले चालेको कदमबाट सर्लाहीको बागमती नगरपालिकाको विभिन्न क्षेत्रमा लामो समयदेखि बसोवास र जोतखन गर्दै आएका भूमिहिन सुकुम्वासीलाई हटाउँछकी भन्ने भय सिर्जना भएको भूमी अधिकार मन्चले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एकातर्फ सरकारले भूमि सम्वन्धी अध्यादेश ल्याउने र भूमि समस्या समाधान आयोग गठन गरेर भूमिहिन,दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको हितमा काम गरेको जस्तो गर्ने र अर्कोतर्फ भूमिहिन,दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुकोे सवालमा जिल्लामा पत्राचार गरेर वन मासेको भन्दै अनुसन्धान अघि बढाउने कुराले त्रास सिर्जना भएको भन्दै यसतर्फ ध्यानाकर्षण गराएको मन्चकी जिल्ला अध्यक्ष घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेकी छन् ।
सरकारले गठन गरेको भूमि समस्या सामधान आयोगले छिटो काम गर्ने वातावरण बनाइ भूमिहिन,दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा दर्ता एवम जग्गा व्यवस्थापनको काम यथाशक्य अघि बढाउन र स्थानीय तहले भूमिहिन,दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन,प्रमाणीकरण र जग्गा नापचाँजको कार्य यथाशक्य अघि बढाउन माग मन्चले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वर्तमान गठबन्धन सरकारले विगत करिब २० वर्षदेखि वन सखाप भई बस्ती बसि रहेको बागमतीका विभिन्न वडाहरुका भूमिहिन,दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई घरवार विहिन बनाउने षड्यन्त्र स्वरुप पहिलो चरणमा बागमती माछा पोखरी र नगर बगैँचा माथि गिद्धेनजर लगाएको छ भने सो क्षेत्रमा बसोबास गरि रहेका भूमिहिन,दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु वाहेक अन्य स्थानीय तहहरुका भूमिहिन,दलित तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरणको तयारी गर्न समेत पत्राचार गरेपछि स्थानीय आन्दोलीत भएका छन् भने मन्चको पनि ध्यानाकर्षण भएको छ ।