शंखर पहाडी(गाबैरब)
सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम गरिको छ । खेलकुदबाट नै विश्वमा पहिचान बनाउन सकिने साथै खेलकुदकाे विकासले आफ्नाे पहिचान झल्काउने भएकोले ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयाेजना गरिएको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनाेज कुमार आचार्यले बताए । उनले भविष्यका कर्णधारहरुका लागि पनि सरकारले लगानी गर्नु पर्छ भन्ने शंकेत स्वरुप अभियान सुरु गरिएको हाे ।
शारीरिक स्वस्थ्यता,तन्दुरुस्ती र पहिचानका लागि नगर भित्र खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ फुटबल प्रशिक्षणकाे आयाेजना गरिएको नगर उप प्रमुख रन्जिता देवी चाैधरीले बताईन् । उनका अनुसार नगर भित्रका सामुदायिक विद्यालयमा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम चलि रहेकाे र नगरपालिकाले साथमा साथ हातमा हात मिलाउदै ईश्वरपुरका फुटबल खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउन प्रशिक्षण कार्यक्रम आयाेजना गरिएको हाे ।
ईश्वरपुर नगरपालिका ८ का वडा अध्यक्ष एवम ईश्वरपुर नगरपालिकाका जेष्ठ वडा अध्यक्ष श्याम थापाकाे अध्यक्षता एवम नगर प्रमुख आचार्यकाे प्रमुख अतिथ्यतामा भएको फुटबल प्रशिक्षण उद्घाटन कार्यक्रममा ईश्वरपुर नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु,लालबन्दी,हरिपुर र कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुका साथै खेलकुदसंग सम्बन्धित विभिन्न संघ/ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुकाे विशेष उपस्थिति रहेकाे थियाे ।