सर्लाहीको हरिवन नगरपालिका ११ मा विभिन्न पार्टी परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । हरिवन नगरपालिका–११, मा माओवादी केन्द्रले आयोजना गरेको वडा भेलामा शेष ईस्तियारको नेतृत्वमा ३ सय २ जना नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका हुन ।
नव प्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अच्युतम काफ्लेले अबिर र दोसल्ला ओढाएर पार्टीमा स्वागत गर्नु भएको गरेको वडा कमिटिका अध्यक्ष शम्भु गुरुङले बताउनु भयो ।
यसैविच, सोही भेलाले हरिवन नगरपालिका–११ नम्बर वडा कमिटी समेत गठन गरेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित भेलाले गुरुङको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरेको माओवादी केन्द्रका नेता गौरी महत्तोले जानकारी दिनु भयो । उहाँका अनुसार वडा कमिटि सचिवमा शेष ईस्तियार चयान हुनु भएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य काफ्ले, जिल्ला सचिव कमल बुडाथोकी, जिल्ला कमिटी सदस्य अर्जुन पन्त, महिला नेतृ पद्मा मोक्तान, नेता महतो लगायतको आतिथ्यता रहेको थियो ।